Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कोभिडको दीर्धकालीन असरबाट विश्वको १० करोड मानिस प्रभावित

कोभिडको दीर्धकालीन असरबाट विश्वको १० करोड मानिस प्रभावित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ३, २०७८ सोमवार • ०८:४८:३१ बजे
  • 643
    SHARES
  • कोभिडको दीर्धकालीन असरबाट विश्वको १० करोड मानिस प्रभावित

    कोभिड–१९ बाट पार पाउन विश्वले संघर्ष गरिरहेका बेला कोभिडको दीर्धकालीन असरबाट विश्वको ठुलो जनसंख्या प्रभावित भएको छ ।

    images

    मिसिगन युनिभर्सिटीका अनुसन्धानकर्ताहरुले गरेको एउटा नयाँ अध्ययनअनुसार कोभिडबाट संक्रमितमध्ये ४० प्रतिशत मानिसहरु कोभिडको दीर्धकालीन असरबाट प्रभावित भएका छन् ।

    अर्थात विश्वको १० करोड जनसंख्या कोभिडपछिको समस्याबाट प्रभावित छ । अनुसन्धानकर्ताहरुले १७ देशका विभिन्न ४० अध्ययनहरुलाई विश्लेषण गरेका थिए ।

    कोभिड भएर अस्पताल भर्ना भएका व्यक्तिमा दीर्धकालीन कोभिडको सम्भावना ५७ प्रतिशत देखिएको थियो ।

    ‘कोभिडबाट संकमित विश्वका कुल २३ करोड ३७ लाखमध्ये १० करोड जना कोभिडपछिको दीर्धकालिन समस्याबाट पीडित छन्,’ अनुसन्धानकर्ताहरुले भनेका छन् ।

    कोभिडपछिको दीर्धकालीन समस्याले विभिन्न देशको स्वास्थ्य प्रणालीमा दबाब दिनसक्ने उनीहरुले सजग गराएका छन् । कोभिड संक्रमितमध्ये ४९ प्रतिशत महिला र ३७ प्रतिशत पुरुषमा यस्तो समस्या देखिएको छ ।

    अध्ययनअनुसार एसियामा ४९ प्रतिशत, युरोपमा ४४ प्रतिशत र उत्तर अमेरिकामा ३९ प्रतिशतमा कोभिडपछि दीर्धकालिन समस्या देखिएको छ ।

    कोभिड भएको दुई सातापछि पनि एक महिना वा सोभन्दा लामो समयसम्म कोभिडजस्तै लक्षण देखिनुलाई दीर्धकालीन कोभिड मानिन्छ ।

    कम्जोरी, सास फेर्न कठिनाई हुनु, पीडा, चिन्ता तथा डिप्रेसन दीर्धकालीन कोभिडका लक्षण हुन् । अनुसन्धानकर्ताहरुले गरेको अध्ययन पीएलओएस मेडिसिन जर्नलमा प्रकाशित छ । यसैबीच, सेप्टेम्बरमा गरिएको एउटा अध्ययनमा तीन कोभिड बिरामीमध्ये एक जनामा तीनदेखि ६ महिनासम्म कोभिडको लक्षण देखिएको पाइएको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology