Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

चीनको जनसंख्या बृद्धि दर अहिलेसम्मकै न्यून

चीनको जनसंख्या बृद्धि दर अहिलेसम्मकै न्यून

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ३, २०७८ सोमवार • १३:५०:४१ बजे
  • 739
    SHARES
  • चीनको जनसंख्या बृद्धि दर अहिलेसम्मकै न्यून

    एजेन्सी। चीनमा सन् २०२१ मा जन्म दरमा निकै गिरावट आएको छ। जन्मदरमा गिरावटसँगै बृद्धबृद्धाको संख्या बढ्दा आर्थिक वृद्धिमा असर देखिन थालेको विज्ञहरुले बताएका छन्।

    images

    दुई सन्तान नीतिका बाबजुद चीनको जनसंख्या अहिलेसम्मकै न्यून देखिएको हो। विश्वकै ठूलो अर्थतन्त्र भएको देश चीनमा सन् २०२१ मा प्रति एक हजारमा ७ दशमलब ५२ जनाको जन्म हुने गरेको चीनको राष्ट्रिय तथ्यांक व्युरोले जनाएको छ।

    यसअघि सन् २०२० मा प्रति हजारमा ८ दशमलव ५२ प्रतिशत रहेको थियो। अघिल्लो वर्षको जन्म दर सन् १९४९ मा चीनको स्थापनापछिको अहिलसम्मकै न्यून हो।

    चीनमा सन् २०१६ देखि दुई सन्तान जन्माउन अनुमति दिइएको छ र परिवार नियोजनसम्बन्धी नियम खुकुलो बनाइएको छ। तर, पनि चिनियाँ दम्पत्तीमा एकभन्दा बढी सन्तान जन्माउने इच्छा बढेको देखिदैन्।

    सन् २०२१ मा चिनियाँ अधिकारीहरुले दम्पत्तीलाई तीन सन्तानसम्म जन्माउन अनुमति दिएका थिए। सरकारी तथ्यांकअनुसार सन् २०२१ मा एक करोड ६२ लाख शिशु जन्मिएका थिए।

    तथ्यांकअनुसार राष्ट्रिय जनसंख्या बृद्धि प्रति एक हजार जनामा १ दशमलव ४५ बाट शून्य दशमलब ३४ प्रतिशतमा झरेको छ ।

    जनसंख्याको चुनौती सर्वविविधै छ, तर बृद्ध जनसंख्याको गति अनुमान गरेभन्दा तीव्र छ,’ पिनपोइन्ट असेट म्यानेजमेन्टका प्रमुख अर्थशास्त्री झिवी झाङले भने ।

  • सम्बन्धित विषय:

  • # चीनको जनसंख्या
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology