Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

राप्ती गाउँपालिकाको बैठकले गरेको निर्णय विरुद्ध काङ्ग्रेसले गर्यो भेला आयोजना 

राप्ती गाउँपालिकाको बैठकले गरेको निर्णय विरुद्ध काङ्ग्रेसले गर्यो भेला आयोजना 

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ३, २०७८ सोमवार • १६:१२:५९ बजे
  • 895
    SHARES
  • राप्ती गाउँपालिकाको बैठकले गरेको निर्णय विरुद्ध काङ्ग्रेसले गर्यो भेला आयोजना 

    राप्ति गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा सर्बदलिय सर्वपक्षीय बैठक आयोजना गरीएको थियो। राप्ति गाउँपालिकाका सम्पुर्ण वडा अध्यक्षहरु, पालिका उपाध्यक्ष  सुरक्षा निकाय प्रमुख पत्रकार लगायतका ब्यक्तीत्वहरुको उपस्थितिमा  बैठकले बिभिन्न निर्णयहरु गरेको थियो। 

    images

    दाङमा कोरोनाको संक्रमण ब्यापक बढेको भन्दै बिभिन्न मेला ,महोत्सव र बिधालयहरुलाई समेत बन्द गर्न अपिल गर्ने निर्णय समेत निर्णयमा गरेको छ । यसका साथै जुलुस, र्यालि र कार्यक्रमहरु यस पालिकामा नगर्ने निर्णय गरीएको जनाएको छ ।

    राप्ति गाउँपालिका क्षेत्रमा मेला र महोत्सवहरु ब्यापक तयारीमा भएको भएता पनि स्थगित गरेको जनाएको छ । 

    कोभिड १९ को तेस्रो लहरको ब्यापकतालाई मध्ये नजर गर्दै गरेको निर्णयलाई नेपाली कांग्रेस राप्ति गाउँपालिकाले कोरोना कहरमा आम भेला गरेर निर्णयको खिल्ली उडाईदिएको छ। 

    २६ गते पुसमा गरेको निर्णयलाई माघ २ गते राप्ति गाउँपालिका वडा न• ४ श्रीनारायण चोक मौरीघाटमा एउटा ५०औं जना मान्छेहरुको भिडभाड जम्मा गरी कार्यक्रम गरीएको छ।

    R1.jpg

    एउटा जिम्मेवार पार्टी भन्ने नेपाली  कांग्रेसका सभापति बिध्याशरण चौधरीकै अध्यक्षतामा शहिद श्रीनारायण चौधरीको वार्षीक स्मृतिमा कार्यक्रम आयोजना गरी भिड भाड जम्मा गरी कोरोनाको यस उच्च जोखिमलाई बेवास्ता गरी नागरीकलाई त्रसित बनाईएको छ।

    R2.jpg

    नेपाली कांग्रेसकै सरकार रहेको स्थानिय सरकारको निर्णय कांग्रेस पार्टीले नै उल्लंघन गर्दा स्थानियहरु आक्रोसित अचम्मित भएका छन। मेला महोत्सव  आयोजकहरु पनि पार्टीले गर्ने कार्यक्रममा कोरोना नलाग्ने अन्य संघ सस्थाले गर्ने कार्यक्रममा भने कोरोना लाग्ने भन्दै स्थानीयहरुले प्रश्न गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # भेला आयोजना
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology