Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

प्रदेश २ को स्थायी राजधानी जनकपुर कायम

प्रदेश २ को स्थायी राजधानी जनकपुर कायम

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ३, २०७८ सोमवार • १६:४०:३६ बजे
  • 427
    SHARES
  • प्रदेश २ को स्थायी राजधानी जनकपुर कायम

    प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम कायम भएको छ ।

    images

    सोमबार प्रदेशसभामा भएको मतदानमा दुई तिहाइभन्दा बढी मत जनकपुर राजधानी बनाउनुपर्ने पक्षमा परेकाले प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम भएको सभामुख सरोजकुमार यादवले जानकारी दिए ।

    प्रदेशसभा भएका १ सय ४ कुल सदस्यमध्ये ९९ जना मात्र मतदानमा सहभागी भएका थिए । ९९ जनामध्ये जनकपुरधाम राजधानीको पक्षमा ७८ मत खसेको र उक्त संख्या दुई तिहाइ बहुमतभन्दा धेरै हो ।

    जनकपुरधाममा दुई तिहाइभन्दा धेरै बहुमत परेकाले वीरगञ्जलाई राजधानी बनाउने प्रस्ताव स्वतः निस्क्रिय भएको छ। जनकपुरधाम राजधानी भए पनि नाममा भने दलहरुबीच सहमति हुन सकेको छैन।

  • सम्बन्धित विषय:

  • # जनकपुर कायम
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology