Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

हट मोडल बन्न चाहन्छु : खुसी अधिकारी

हट मोडल बन्न चाहन्छु : खुसी अधिकारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ३, २०७८ सोमवार • १६:४२:३६ बजे
  • 769
    SHARES
  • हट मोडल बन्न चाहन्छु : खुसी अधिकारी

    मेहनत र परिश्रम बिना कुनै पनि कार्यमा सफलता पाउन असम्भव नै छ।

    images

    अहिलेको २१औँ शताब्दीमा नाम र दाम कमाउने चाहना सबैको हुन्छ । नाम कमाउन अनि चर्चित हुने रहर सबैको हुन्छ त्यहीअनुसार काठमाडौँलाई कर्मथलो बनाएर आफ्नो भाग्य चम्काउन दैनिक हजारौँ मानिस सहरीकरण हुँदैछन् ।

    राजधानी ‘काठमाडौँ सहर, सपनाको सहर’ जहाँ दैनिक हजारौँ मानिस आफ्नो सपना साकार पार्न मेहनत र परिश्रम गरेर अगाडि बढ्छन, त्यसै सपनासँग जोडिएको युवा पुस्ताको रोजाइ सिने संसार अर्थात् रंगिन संसार मोडलिङ क्षेत्र अहिलेका युवा युवतीहरुको सर्वाधिक रोजाइमा परेको क्षेत्र हो ।

    युवा पुस्ताको आकर्षणमा रहेको रंगिन संसार अर्थात् सिने संसारमा रमाउन नचाहने युवा पुस्ता सायद कमै मात्रमा होलान नाम कमाउन अनि चर्चित हुने सबैको चाहना हुन्छ ।

    त्यस्तै चाहना लिएर मोडलिङको भीडमा आफूलाई स्थापित गराउन सिने जगतमा आफ्नो भविष्य बनाउने योजनाको साथमा अगाडि बढदै गरेकी मोडल हुन खुसी अधिकारी अहिले आफ्नो लक्ष्यमा पुग्न दिन रात लागिपरेकी छन् ।

    त्यसै अनुरुप मेहनत पनि गरिरहेकी छन् । मोडलिङ क्षेत्रमा प्रवेश गरेकी मोडल खुसी अधिकारीले दर्जनौँ म्युजिक भिडियो, टेलिसिरियल र सर्ट मुभीमा आफ्नो जादुमय अभिनय प्रदर्शन गरिसकेकी छन् ।

    हट एन्ड बोल्ड सिन दिनसमेत तयार उनि जस्तोसुकै परिस्थितिमा पनि चर्चित र लोकप्रिय हुन चाहन्छिन् । अभिनयमा पोख्त मोडल खुसी अधिकारी सुन्दर मुहार र आकर्षक शरीरको धनी छिन् ।

    सुन्दर मुहारनै उनीप्रतिको आकर्षण हो । उनी मेहनतका साथ अभिनय र कलालाई अझै निखारता ल्याउँदै मोडलिङ तथा सिने नगरीमा स्थापित हुन चाहन्छिन् । मोरङमा जन्मेर हुर्केकी खुसी हेर्दा पनि निकै आकर्षित हासी रहने शालीन स्वभावकी छन् । यदि चलचित्र, सर्ट फिल्म, म्युजिक भिडियोहरुमा अफर आएमा आफू अभिनय गर्न तयार रहेको उनी बताउँछिन् ।

    सानै उमेरदेखि मोडल तथा नायिका बन्ने सोच र रुचि राख्ने खुसी अभिनयमा पनि आफूलाई अब्बल दर्जामा राख्न कोशिषरत छिन् । “अब चलचित्र र मोडलिङमै क्यारिअर बनाएर स्थापित हुन्छु र यहि क्षेत्रमा आफ्नो ट्यालेन्ट, क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउँछु।”

    उनले भनिन्,“मानव जीवन भनेको संघर्ष हो मेहनत र परिश्रम गर्दै जानुपर्छ एकदिन अवश्य सफलताको शिखर चढ्न सकिन्छ जीवनको हरेक मोडमा संघर्ष गर्दै अगाडि बढ्नुनै जीवन हो।” एक दिन आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो लक्ष्यमा पुग्ने दृढ विश्वाससाथ आफू अगाडि बढेको कुरा पनि उनी बताउँछिन् ।

  • सम्बन्धित विषय:

  • # खुसी अधिकारी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology