Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

प्रचण्ड–देउवा भेटवार्तापछि राजनीतिक समन्वय समितिको बैठक

प्रचण्ड–देउवा भेटवार्तापछि राजनीतिक समन्वय समितिको बैठक

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ३, २०७८ सोमवार • १६:४४:४८ बजे
  • 1.5K
    SHARES
  • प्रचण्ड–देउवा भेटवार्तापछि राजनीतिक समन्वय समितिको बैठक

    प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेट भएलगतै राजनीतिक समन्वय समितिको बैठक बोलाइएको छ ।

    images

    बालुवाटारमा प्रधानमन्त्री देउवा र प्रचण्डबीच स्थानीय तह निर्वाचनलगायत विषयमा कुराकानी भएको छ ।

    प्रधानमन्त्री देउवा र प्रचण्डबीच कुराकानी भएपछि स्थानीय तहको चुनावबारे छलफल गर्न राजनीतिक समन्वय समितिको बैठक बोलाइएको छ। समन्वय समितिमा सत्तागठबन्धनका ५ दलका गरी ११ जना सदस्य छन्।

    ‘प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच आज छलफल भएको थियो। स्थानीय तह निर्वाचनलगायत विषयमा छलफल गर्न भोलि राजनीतिक समन्वय समितिको बैठक बोलाउने तयारी भएको प्रचण्ड सचिवालय श्रोतले जाएको छ ।

    निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन गर्न सिफारिस गरे पनि सरकारले मिति घोषणा गरेको छैन।

    तत्कालै मिति तय गरेर निर्वाचनको प्रक्रिया सुरू गर्न प्रमुख प्रतिपक्षी नेकपा एमाले लगायतले माग गरिरहेका छन्।

  • सम्बन्धित विषय:

  • # समितिको बैठक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology