Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सत्ता गठबन्धनको बैठक बस्दै

सत्ता गठबन्धनको बैठक बस्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ४, २०७८ मंगलवार • ०८:२९:४९ बजे
  • 1.6K
    SHARES
  • सत्ता गठबन्धनको बैठक बस्दै

    सत्तारूढ पाँच दलीय गठबन्धनको बैठक आज बस्दै छ ।

    images

    स्थानीय तहको निर्वाचन मुख्य एजेन्डा रहेको बैठक बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने लागेको हो । त्यसबाहेक राष्ट्रियसभा निर्वाचनको रणनीति र संसद्को गतिरोध अन्त्यका विषयमा छलफल हुने छ ।

    निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मिति घोषणा सिफारिस गरेपनि सरकारले ढिलाइ गरेपछि शंसय बढेको छ ।

    प्रमुख प्रतिपक्षी एमालेले स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउन खोजिएको आरोप लगाएको छ ।

    सोमबार मात्र प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको थियो ।

    प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले दुई शीर्ष नेताबीच देशको समसामयिक विषयमा छलफल भएको जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # सत्ता गठबन्धन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology