Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

लमजुङमा आज ८ घन्टा विद्युत अवरुद्ध हुने

लमजुङमा आज ८ घन्टा विद्युत अवरुद्ध हुने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ४, २०७८ मंगलवार • ०८:४२:२५ बजे
  • 715
    SHARES
  • लमजुङमा आज ८ घन्टा विद्युत अवरुद्ध हुने

    लमजुङमा आज मंगलबार ८ घन्टा विद्युत आपूर्ति बन्द हुने भएको छ ।

    images

    नेपाल विद्युत प्राधिकरण लमजुङ वितरण केन्द्रका अनुसार विद्युत लाइन मर्मतका लागि बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म विद्युत आपूर्ति बन्द हुने भएको हो ।

    लमजुङ वितरण केन्द्र अन्तर्गतको मर्स्याङ्दी–उदिपुर ३३ केभी प्रशारण लाइनमा रहेका जीर्ण काठका पोल बदली तथा कण्डक्टर अपग्रेडिङ कार्य गर्नुपर्ने भएकाले उदिपुर सवस्टेसनका ३३ केभी तथा ११ केभी फिडरबाट प्रशारण हुने विद्युत लाइनमा विद्युत आपूर्ति बन्द हुने प्राधिकरण लमजुङ वितरण केन्द्रका प्रमुख यमकुमारी गुरुङले बताइन् ।

    निर्धारित समयभन्दा अगावै कार्य सम्पन्न भएमा तोकिएको समयावधि अगावै विद्युत लाइन संचालन गरिने नेपाल विद्युत प्राधिकरण लमजुङ वितरण केन्द्रले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # विद्युत अवरुद्ध हुने
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology