Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

हुम्लाको सिमकोट विमानस्थलमा हेल्थडेस्क र होल्डिङ सेन्टर स्थापना

हुम्लाको सिमकोट विमानस्थलमा हेल्थडेस्क र होल्डिङ सेन्टर स्थापना

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ४, २०७८ मंगलवार • ०८:४८:१३ बजे
  • 1.2K
    SHARES
  • हुम्लाको सिमकोट विमानस्थलमा हेल्थडेस्क र होल्डिङ सेन्टर स्थापना

    पछिल्लो समय देशभर कोरोनाको सङ्क्रमण बढ्दै गएपछि हुम्लाको सिमकोट विमानस्थलमा हेल्थडेस्क र होल्डिङ सेन्टर स्थापना गरिएको छ ।

    images

    हुम्लाबाट अन्तरजिल्ला पुग्ने छोटो हवाईयात्राको माध्याम भएकाले विमानस्थलमा हेल्थडेस्क स्थापना गरिएको हो । सोमबारदेखि सिमकोट विमानस्थलमा सिमकोट गाउँपालिका र स्वास्थ्य सेवा कार्यालयको समन्वयमा हेल्थडेस्क स्थापना गरिएको छ ।

    प्रमुख जिल्ला अधिकारी गणेश आर्चायको संयोजकत्वमा बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकले जिल्लाका मुख्य सीमानाकामा हेल्थडेस्क स्थापना गर्ने निर्णय गरेको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम सिंहले जानकारी दिनुभयो ।

    उहाँले सिमकोटबाट बाहिरिने र भित्रने सबै यात्रुको तीनपुस्ते विवरण लिने र स्वास्थ्य जाँच गर्ने काम सुरु भएको बताउनुभयो । त्यसका लागि दुई स्वास्थ्यकर्मी खटाइएको छ ।

    अब चाँडै पैदलमार्गबाट जिल्ला भित्रने दुईवटा नाका चङ्खेली गाउँपालिका–१ को मिमी र ताँजाकोट गाउँपालिका–१ को कवाडीमा पनि गाउँपालिकाको समन्वयमा हेल्थडेस्क र होल्डिङ सेन्टर स्थापना गर्ने तयारी भइरहेको प्रमुख सिंहले बताउनुभयो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology