Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

अफगानिस्तानमा शक्तिशाली भूकम्पमा परेर कम्तिमा २६ जनाको मृत्यु

अफगानिस्तानमा शक्तिशाली भूकम्पमा परेर कम्तिमा २६ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ४, २०७८ मंगलवार • १०:२८:५२ बजे
  • 532
    SHARES
  • अफगानिस्तानमा शक्तिशाली भूकम्पमा परेर कम्तिमा २६ जनाको मृत्यु

    अफगानिस्तानमा आएको शक्तिशाली भूकम्पमा परेर कम्तिमा २६ जनाको मृत्यु भएको छ ।

    images

    पश्चिमी अफगानिस्तानमा ५ दशमलब ९ म्याग्निच्युडको भूकम्प जाँदा अन्य दर्जनौँ घाइते भएका छन् ।

    भूकम्पबाट बादघिज प्रान्तको क्वादिस जिल्ला सबैभन्दा बढी प्रभावित छ । घर भत्किएर पुरिँदा अधिकांश व्यक्तिको मृत्यु भएको हो । ‘पाँच महिला, चार बालबालिकासहित २६ जनाको मृत्यु भएको छ,’ बादघिज प्रान्तका प्रवक्ता बाज मोहमदा सरवारेले भने ।

    भूकम्पबाट सोही प्रान्तको मुक्र जिल्ला पनि प्रभावित भएको प्राप्त विवरणहरुमा जनाइएको छ ।

    भूकम्पले पु¥याएको क्षतिको वृस्तिृत विवरण सार्वजनिक हुन बाँकी नै छ । यसअघि नै आर्थिक संकटको सामना गरेको अफगानिस्तानमा भूकम्पका कारण थप संकट निम्तिएको बताइएको छ ।

    क्वादिस जिल्ला यसअघि पनि खडेरीका कारण प्रभावित भएको थियो । भूकम्पको असर पाकिस्तान र भारतसम्म महसुस गरिएको थियो

  • सम्बन्धित विषय:

  • # २६ जनाको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology