Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सत्ता गठबन्धन वैशाखमा स्थानीय चुनाव गर्न सहमत

सत्ता गठबन्धन वैशाखमा स्थानीय चुनाव गर्न सहमत

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ४, २०७८ मंगलवार • १२:४८:३१ बजे
  • 1.2K
    SHARES
  • सत्ता गठबन्धन वैशाखमा स्थानीय चुनाव गर्न सहमत

    सत्तारुढ गठबन्धनका दलहरु आउँदो वैशाखमा स्थानीय तह निर्वाचन गर्न सहमत भएका छन् ।

    images

    स्थानीय तह निर्वाचनलाई लिएर गठबन्धनभित्र मतभिन्नता बढेको चर्चा भइरहेका बेला नेताहरुले वैशाखमा निर्वाचन गर्न सहमत भएको बताएका हुन् ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका नेताहरु सहभागी उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठमा यस्तो सहमति भएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

    यस विषयमा थप छलफल गर्न बिहीबार पुनः गठबन्धनको बैठक बस्ने उनले बताए । स्थानीय तहका जनप्रतिनिधिहरुको पदावधि आगामी जेठ ५ गते सकिँदै छ ।

    त्यसअघि स्थानीय तहको निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार निर्वाचन आयोगले आगामी वैशाख १४ र २२ गतेको मिति सिफारिस गरेको छ ।

    दलहरुमा तीनै तहको निर्वाचन एकैपटक गर्ने कि भन्ने बहस समेत भएकाले मिति तोक्न ढिलाइ हुँदै आएको छ ।

    आगामी बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकअघि समन्वय समितिको बैठक बसेर मिति तोक्न सिफारिस गर्ने र सिफारिसअनुसार मन्त्रिपरिषद्ले चुनावको मिति तोक्ने तयारी गरेको बुझिएको छ ।

  • सम्बन्धित विषय:

  • # सत्ता गठबन्धन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology