Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

उड्डयनमन्त्री आलेको सचिवालयका २ जनामा कोरोना संक्रमण

उड्डयनमन्त्री आलेको सचिवालयका २ जनामा कोरोना संक्रमण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ४, २०७८ मंगलवार • १४:०१:२३ बजे
  • 679
    SHARES
  • उड्डयनमन्त्री आलेको सचिवालयका २ जनामा कोरोना संक्रमण

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निजी सचिवालयमा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनको सचिवलायमा कार्यरत दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    images

    मन्त्री आलेका प्रेस संयोजक विमलबहादुर विष्ट तथा प्रशासन सहायक भक्तबहादुर आलेलाई कोरोना संक्रमण पुष्टि भएको उनको सचिवालयले जनाएको छ ।

    सोमबार गरिएको कोरोना परीक्षणमा उनीहरू दुवै जनालाई कोरोना संक्रमण पुष्टि भएको सचिवालयले जनाएको छ।

    मन्त्री आलेसहित उनका स्वकीयसचिव हेमन्त रेग्मीलाई सोमबार नै कोरोना संक्रमण पुष्टि भएको थियो।

    पोजेटिभ देखिएकाहरूको अवस्था सामान्य रहेको र मन्त्री आलेसहित सबै होमआइसोलेशनमा रहेका बताइएको छ।

  • सम्बन्धित विषय:

  • # उड्डयनमन्त्री आले
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology