Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

मधेश प्रदेशको विरोधमा आन्दोलन

मधेश प्रदेशको विरोधमा आन्दोलन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ४, २०७८ मंगलवार • १४:०४:३६ बजे
  • 508
    SHARES
  • मधेश प्रदेशको विरोधमा आन्दोलन

    प्रदेश २ को नामकरण ‘मधेस प्रदेश’ राखेको विरोधमा आन्दोलन सुरु भएको छ ।

    images

    मधेस आन्दोलनकारीकै एक समूहले प्रदेश सांसदले मधेश प्रदेश राखेको भन्दै पुत्ला दहन गरेका छन् ।

    जनकपुरधामको जानकी चोकमा मधेस आन्दोलनकारीको युवा समूहले ८ जिल्लालाई समेटेर बनाइएको प्रदेशको नाम ‘मधेस’ राखिएकोमा आपत्ति जनाएको हो ।

    उनीहरुले यसअघि २२ जिल्लालाई मधेस भनिने गरेकोमा अब मधेसलाई ८ जिल्लामा सीमित गर्ने काम भएको आरोप लगाए । युवा नेता सुशिल कर्णको अगुवाईमा पुत्ला दहन गरिएको हो ।

    सो क्रममा आन्दोलनकारीहरुले २२ वटा जिल्लालाई मधेस प्रदेश बनाउन विगतमा पटक पटक आन्दोलन भएपनि अहिले ८ जिल्लामा मधेस सीमित गरिएको आरोप लगाए ।

    प्रदेशको नाम मिथिला–भोजपुरा प्रदेश गर्दा यहाँको पहिचान र सांस्कृतिक पहिचान समेत झल्किन्थ्यो आन्दोलनकारीको तर्क छ ।

    त्यस्तै पर्साको वीरगंजमा एक समूहले मधेस प्रदेशको राजधानी वीरगंज नबनाएको भन्दै मुख्यमन्त्री लालबाबु राउतविरुद्ध नारावाजी गर्दै उनको पुत्ला दहन गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # विरोधमा आन्दोलन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology