Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कोरोना परीक्षण शुल्क खारेजी गर्न प्रधानमन्त्री कार्यालयमा उजुरी

कोरोना परीक्षण शुल्क खारेजी गर्न प्रधानमन्त्री कार्यालयमा उजुरी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ४, २०७८ मंगलवार • १६:४७:२७ बजे
  • 616
    SHARES
  • कोरोना परीक्षण शुल्क खारेजी गर्न प्रधानमन्त्री कार्यालयमा उजुरी

    कोरोना परीक्षण पिसिआर र एन्टिजेन परीक्षणको खारेजी माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी परेको छ ।

    images

    पिसिआर र ऐन्टिजेन परीक्षणको नाममा महामारीमा पनि उपभोक्तामाथि लुट भइहरको भन्दै राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल मर्हजनले उजुरी दर्ता गराएका हुन्।

    प्रधानमन्त्रीलाई सम्बोधन गरी बुझाइको उजुरीमा दुवै प्रकारको परीक्षण गर्दा लाग्ने शुल्क नियमन गरी पाउँ भन्ने माग राखिएको छ। ‘पिसिआर र एन्टिजेन परीक्षण गर्दा लिइएको शुल्क अत्याधिक भयो, महामारीमा राज्यले निःशुल्क गर्नु पर्ने परीक्षणमा समेत जनतामाथि ठगी भयो,’ उजुरीमा भनिएको छ ।

    नेपालका निजी अस्पतालहरुले ऐन्टिजेन टेष्ट गरे बापत न्यूनतम ५०० लिइ रहेको र पिसिआर टेष्ट बापत निजी अस्पतालमा न्यूनतम २ हजार र सरकारी अस्पतालमा एक हजार लिनु गलत भएको उजुरीमा भनिएको छ ।

    पिसिआर टेष्टको लागी प्रयोग हुने टेष्ट किटको अधिकतम साइज ९६ प्रयोग गर्दा अधिकतम ६ अमेरिकी डलर मात्र खर्च हुने आधारमा नेपाली रुपैयाँ ८०० भन्दा बढी परीक्षण शुल्क कदापी हुन नसक्ने उजुरीमा दाबी गरिएको छ ।

    सरकारी स्वास्थ्य संयन्त्रहरुबाटै बढी मूल्य लिइनु गैरकानूनी भएको भन्दै उजुरीमा प्रधानमन्त्रीले सबै प्रकारका परीक्षण निःशुल्क गर्न गराउन तत्काल आदेश जारी गर्नुपर्ने माग गरिएको छ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology