Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भारतमा थपिए दुई लाख ३८ हजार नयाँ सङ्क्रमित

भारतमा थपिए दुई लाख ३८ हजार नयाँ सङ्क्रमित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ४, २०७८ मंगलवार • १६:५१:४३ बजे
  • 598
    SHARES
  • भारतमा थपिए दुई लाख ३८ हजार नयाँ सङ्क्रमित

    भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा थप दुई लाख ३८ हजार १८ जना सङ्क्रमित भएका छन् ।

    images

    अघिल्लो दिनको तुलनामा दैनिक सङ्क्रमितहरुको सङ्ख्या घटेको देखिएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जनाएको छ । सोमबार सार्वजनिक गरिएको विवरण अनुसार एक दिन अघिको २४ घण्टामा दुई लाख ५८ हजार भन्दा बढी नयाँ सङ्क्रमित थपिएका थिए ।

    सोमबार सार्वजनिक गरिएको दैनिक सङ्क्रमितको संख्या मङ्गलबार २० हजार ७१२ जना कम थियो । भारतमा अहिलेसम्म कुल तीन करोड ७५ लाख भन्दा बढी कोरोनाभाइरसबाट सङ्क्रमित भईसकेका छन् । ती मध्ये १७ लाख ३६ हजार ६२८ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् ।

    सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या दिन प्रति दिन बढ्दै गइरहेको पनि मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । हाल रहेका सक्रिय सङ्क्रमित मध्ये आठ हजार ८९१ जना मात्रै ओमिक्रोनबाट सङ्क्रमित रहेको पाइएको छ ।

    पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या एक लाख ५७ हजार ४२१ रहेको छ ।

    भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या तीन करोड ५३ लाख ९४ हजार ८८२ रहेको मन्त्रालयले जनाएको छ ।

    पछिल्लो एक दिनमा ३१० जनाको कोरोनाका कारण मृत्यु भएको छ भने अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरुको सङ्ख्या चार लाख ८६ हजार ७६१ रहेको छ ।

    यहाँ कोरोना भाइरस निको हुने दर ९४।०९ प्रतिशत रहेको जनाइएको छ । कोरोना सुरु भएदेखि हालसम्म भारतमा ७० करोड ५४ लाख भन्दाबढी व्यक्तिको कोरोना परीक्षण भएको छ । यहाँ सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुुरु भएको थियो ।

    सो समयदेखि हालसम्म एक अर्ब ५८ करोड ४ लाखभन्दा बढी कोरोनाविरुद्ध खोपको डोज लगाइएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology