Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
images

माओवादी अध्यक्ष प्रचण्डद्वारा मधेस प्रदेशलाई बधाई ज्ञापन

माओवादी अध्यक्ष प्रचण्डद्वारा मधेस प्रदेशलाई बधाई ज्ञापन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ५, २०७८ बुधवार • ०९:५८:५७ बजे
  • 622
    SHARES
  • माओवादी अध्यक्ष प्रचण्डद्वारा मधेस प्रदेशलाई बधाई ज्ञापन

    सत्ता घटक नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश–२ को नामाकरण र राजधानी कायम हुन सकेकोमा खुसी ब्यक्त गरेका छन ।

    images

    प्रदेशको नामाकरण र राजधानी आफ्नो पार्टीको मुद्धा अनुसार कायम भएको भन्दै अध्यक्ष प्रचण्डले खुसी ब्यक्त गर्दै बधाइ दिएका हुन ।

    आज एक बिज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले प्रदेश नामाकरण माओवादीले उठाउदै आएको पहिचानसहितको संघियताको मर्म अनुसार भएको प्रतिक्रिया दिएका छन ।

    यस अवसरमा उनले प्रदेश–२ का सांसदहरु र आम जनताहरुमा बधाइसहितको ज्ञापन गरेका छन् । सोमबार प्रदेशसभामा प्रदेश–२ को नाम र राजधानी टुङ्गो लगाउन निर्वाचन भएको थियो ।

    जसमा प्रदेशको नाममा मधेस र प्रदेश राजधानी जनकपुरमा राख्ने पक्षमा दुईतिहाइ मत परेको थियो । सो मतदानको परिणामसँगै प्रदेश को नाम मधेस र स्थायी राजधानी जनकपुर कायम भएको छ ।

    माओवादी अध्यक्ष प्रचण्डको शुभकामना सन्देशमा भनिएको छ– ‘हाम्रो पार्टीले उठाउदै आएको पहिचान सहितको संघीयताको मर्म अनुसार नै प्रदेश नं, २ को प्रदेश सभा बैठकले प्रदेशको नाम मधेस प्रदेश र प्रदेशमुकाम रराजधानी जनकपुर बनाउन सफलता प्राप्त गरेकोमा माननीय प्रदेशसभाका सम्पुर्ण सदस्यहरु र मधेस प्रदेशका सबै न्यायप्रेमी जनसमुदायमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछु।’

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology