Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

म्याग्दीको बेनी अस्पतालमा आइसीयूसहितको बालबालिका उपचार कक्ष

म्याग्दीको बेनी अस्पतालमा आइसीयूसहितको बालबालिका उपचार कक्ष

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ५, २०७८ बुधवार • ११:१३:१६ बजे
  • 1.7K
    SHARES
  • म्याग्दीको  बेनी अस्पतालमा आइसीयूसहितको बालबालिका उपचार कक्ष

    म्याग्दी सदरमुकामस्थित बेनी अस्पतालमा आइसीयू (सघन उपचारकक्ष)सहितको बालबालिका उपचार कक्ष स्थापना गरिएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा पूर्वाधार र उपकरण जुटाएर मङ्गलबारदेखि उक्त कक्ष सञ्चालनमा ल्याइएको हो ।

    images

    अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले आइसीयूसहित आठ शय्या क्षमताको उक्त उपचार कक्षमा सेवा सुरु भएको जानकारी दिए । “यसअघि अन्य उमेर समूहकै बिरामीसँगै राखेर बालबालिकाको उपचार हुँदै आएको थियो ”, उनले भने ।

    बालबालिकाको उपचारलाई प्रभावकारी र व्यवस्थित गर्न तथा हेरचाहमा सहजता लागि सो कक्ष सञ्चालनमा ल्याइएको हो ।

    यसअघि अस्पतालमा बालबालिकालाई न्यानो बनाउने ‘वार्मर कक्ष’ मात्र थियो । बालबालिका वार्ड सञ्चालनका लागि गत आर्थिक वर्षमा प्रदेश सरकारले विनियोजन गरेको रु ३८ लाखमा भवन निर्माण गरिएको हो ।

    भवन बनाउन रु ५६ लाख बजेट विनियोजन भएको थियो । आइसीयूका सामान खरिद र जडान गर्न रु दुई करोड ६१ लाख खर्च भएको छ । विसं २०७२ मा १५ बाट ५० शय्या क्षमतामा स्तरोन्नति भएको बेनी अस्पतालले पछिल्ला केही वर्षयता उपकरण र उपचार सेवा थप गर्दै लगेको छ ।

    अस्पतालले आकस्मिक, बहिरङ्ग, कोभिड, बालबालिकासहित ६४ शय्या बराबरको सेवा दिइरहेको प्रमुख चिकित्सक डा जितेन्द्र कँडेलले बताए ।

    यसअघि अस्पतालले इन्डोस्कोपी, सघन उपचारकक्ष, डायलाइसिस, शय्यामै पाइपबाट अक्सिजन आपूर्ति गर्ने सुविधासहितको अक्सिजन पलान्ट, आँखा उपचार, दाँत उपचार, आफ्नै फार्मेसी, शल्यक्रियामार्फत गरिने प्रसूति सेवा उपलब्ध गराउँदै आएको थियो । म्याग्दीका साथै पर्वत र बागलुङका नागरिकले पनि बेनी अस्पतालबाट सेवा लिने गरेका छन् ।

    निर्माणाधीन ५० शय्या क्षमताको भवनले पूर्णता नपाउँदा र दरबन्दीअनुसार चिकित्सक तथा स्वास्थ्यकर्मी नहुनु बेनी अस्पतालको चुनौती बनेको छ ।

  • सम्बन्धित विषय:

  • # बेनी अस्पताल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology