Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सुटिङका लागि निस्किएकी अभिनेत्रीको बोराभित्र भेटियो शव

सुटिङका लागि निस्किएकी अभिनेत्रीको बोराभित्र भेटियो शव

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ५, २०७८ बुधवार • १२:४०:४५ बजे
  • 1.1K
    SHARES
  • सुटिङका लागि निस्किएकी अभिनेत्रीको बोराभित्र भेटियो शव

    आइतबारदेखि बेपत्ता बंगलादेशी अभिनेत्री राइमा इस्लाम शिमुको शव एउटा बोरामा बाँधिएको अवस्थामा फेला परेको छ । शिमुलाई दुई टुक्रा बनाएपछि उनको शव बोरामा बन्द गरेर फ्याँकिएको थियो ।

    images

    प्रहरीका अनुसार शव ढाकाको केरानीगंजको आलियापुरको क्षेत्रमा हजरतपुर ब्रिजसँगै सडक किनारामा सोमबार बिहान फेला परेको थियो । ३५ वर्षीया अभिनेत्रीको गर्धनमा निशाना पाइएको छ ।

    यो घटनालाई लिएर प्रहरीले उनका पतिसमेत ६ जनालाई हिरासतमा लिएको छ । मंगलबार दिउसो ढाका प्रहरीले एक पत्रकार सम्मेलनमा पति सखावत, उसका साथी र ड्राइभरलाई तीन दिनको हिरासतमा लिइएको बताएका छन् ।

    हिरासतका क्रममा उनका श्रीमानले घरेलू विवादका कारण पत्नी रायमाको हत्या गरेको स्वीकार गरेका छन् ।

    सुटिङका लागि निस्किएकी थिइन् फर्केर आइनन्ः

    रायमा बंगलादेशको राजधानी ढाकाको ग्रीन रोड क्षेत्रमा आफ्नो पति र दुई सन्तानसहित बस्दै आएकी थिइन् । शिमु आइतबार बिहान सुटिङका लागि घरबाट निस्किएकी थिइन् ।

    यसपछि उनीसँग जतिपटक सम्पर्क गर्न खोज्दा पनि फोन सम्पर्क हुन सकेको थिएन । उनका सन्तानले भने आमा सुटिङमा व्यस्त भएको सोचे ।

    पछि रायमाको शरीर दुई टुक्रामा हजरतपुर पुलसँग सडक किनारामा बरामद भयो । प्रहरीले शवको पोष्टमार्टमका लागि मिडफोर्ड अस्पताल पठाएको छ ।

    मृत शरीर फेला परेपछि शिमुका भाइ शाहिदुल इश्लाम खोकानले उनको पतीविरुद्ध मुद्दा दर्ता गराएका थिए ।

    ढाका जिल्ला प्रहरी अधिकृत मारुफ हुसेन सरदारले भनेका छन्, ‘पती र उनका साथी फरहादसहित ६ जनालाई शिमुको हत्या गरेको आरोपमा हिरासतमा लिइएको छ ।

    पछाडिको सीटमा रगत लतपतिएको एउटा कार पनि जफत गरिएको छ ।’

  • सम्बन्धित विषय:

  • # बोराभित्र भेटियो शव
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology