Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

कति बढ्याे, पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

कति बढ्याे, पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ६, २०७८ बिहिवार • ०८:३१:४८ बजे
  • 886
    SHARES
  • कति बढ्याे, पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

    सरकारले पेट्रोल, डिजेल र मट्टितेलमा समान प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरेको छ ।

    images

    कोरोनाभाइरसको महामारीबीच आयल निगमले तेलको मूल्य बढाएको हो ।

    नेपाल आयल निगमले मंगलवार जारी गरेको विज्ञप्ति अनुसार पेट्रोलको नयाँ मूल्य १३९ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १२२ रुपैयाँ कायम गरिएको छ ।

    त्यस्तै आन्तरिक हवाई इन्धनमा ५ रुपैयाँले वृद्धि गरी १०६ रुपैयाँ प्रतिलिटर बनाइएको छ ।

    एलपी ग्यासको मूल्यलाई भने यथावत राखिएको छ ।

    निगमले ६ महिनामा १२ पटक नयाँ मूल्य प्राप्त गर्दा पनि आफूहरुले ३ पटक मात्र मूल्य समायोजन गरेको जनाएको छ ।

    निगमलाई आगामी जनवरी २३ मा तेल खरिद बाबपत भुक्तानी गर्न झण्डै २ अर्ब रुपैयाँ नपुग हुने स्थिति देखिएको जारी विज्ञप्तिमा उल्लेख छ ।

    o1.jpg

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology