Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एमालेले संसद् चल्न दिएन, वैशाखमा चुनाव गरौँ : प्रचण्ड

एमालेले संसद् चल्न दिएन, वैशाखमा चुनाव गरौँ : प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ६, २०७८ बिहिवार • १४:०९:१४ बजे
  • 2.0K
    SHARES
  • एमालेले संसद् चल्न दिएन, वैशाखमा चुनाव गरौँ : प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी वैशाखमा संसदीय चुनाव गर्न प्रस्ताव अघि सारेका छन् ।

    images

    सत्ता गठबन्धनको बैठकमा प्रचण्डले आगामी वैशाखमा संसदीय निर्वाचन गर्ने प्रस्ताव अघि सारेका हुन् ।

    नेकपा एमालेले सदन निरन्तर अवरोध गरेको र एमालेको उद्देश्य नै यो संसदलाई सफल हुन नदिने भएकाले वैशाखमा निर्वाचन गरेर अघि बढ्ने प्रस्ताव प्रचण्डको थियो । आगामी वर्ष भने संसदीय निर्वाचन गर्नुपर्ने बाध्यात्मक अवस्था छ ।

    संसद गतिरोध हट्ने स्थिति नदेखेपछि प्रचण्डले नयाँ जनादेशमा जाने निधोका साथ यस्तो प्रस्ताव गरेका हुन् । प्रचण्डले संसदीय निर्वाचन पहिला गरेर मात्र स्थानीय तहको निर्वाचन गर्नुपर्ने प्रस्ताव अघि सारेका हुन् ।

    उनको यो प्रस्तावमा सत्ता गठबन्धनका शीर्ष नेताहरुले अस्वीकार गरिसकेका छैनन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology