Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

‘किक’ फिल्मका अभिनेता अरुण वर्माको निधन

‘किक’ फिल्मका अभिनेता अरुण वर्माको निधन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ६, २०७८ बिहिवार • १५:५४:०४ बजे
  • 802
    SHARES
  • ‘किक’ फिल्मका अभिनेता अरुण वर्माको निधन

    बलिउड अभिनेता सलमान खान, अक्षय कुमारसँग स्क्रिन सेयर गरिसकेका अरुण वर्माको निधन भएको छ ।

    images

    उनी लामो समयदेखि बिरामी थिएन ।

    भोपालमा बस्ने अरुण वर्माको पिपल्स अस्पतालमा उपचार चलिरहेको थियो । उनको बिहिबार बिहान निधन भएको हो ।

    अरुणले अमिताभ बच्चन, अक्षय कुमार, सलमान खान र सञ्जय दत्तबाहेक थुप्रै ठूला सेलिब्रिटीसँग काम गरेका थिए । कवि उदय दहियाले फेसबुक अकाउन्टमा अरुण वर्माको निधनको जानकारी दिएका थिए ।

    उनले लेखे, ‘निकै दुःखका साथ भन्नु परिरहेको छ कि मेरा साथी अभिनेता अरुण वर्माको आज बिहान भोपालमा निधन भएको छ । भगवानले उनलाई आफ्नो श्रीचरणमा स्थान दिउन् ।

     अरुण वर्माले सलमान खानको फिल्म किकमा काम गरेका थिए । थिएटरसँग अरुण वर्मालाई निकै लगाव थियो ।

  • सम्बन्धित विषय:

  • # अरुण वर्माको निधन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology