Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
images

समाजवादी प्रेस संगठनका पदाधिकारीले लिए शपथ

समाजवादी प्रेस संगठनका पदाधिकारीले लिए शपथ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ६, २०७८ बिहिवार • १७:५०:३४ बजे
  • 574
    SHARES
  • समाजवादी प्रेस संगठनका पदाधिकारीले लिए शपथ

    समाजवादी प्रेस सङ्गठन नेपालका अध्यक्ष तथा पदाधिकारीले शपथ लिएका छन् ।

    images

    यहाँ आज आयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उपमहासचिव डा विजय पौडेलले पदाधिकारीलाई शपथ गराएका हुन् ।

    अवसरमा उपमहासचिव पौडेलले सत्ता गठबन्धन दलबीचको सल्लाहबाट स्थानीय तहको निर्वाचनको मिति छिट्टै तोकिने बताए ।

    उनले पत्रकारिता पेशाप्रति जिम्मेवार भएर देश र जनताप्रति सेवाको भावनाले क्रियाशील रहन पदाधिकारीलाई आग्रह गर्दै राजनीतिक रूपमा लोकतान्त्रिक प्रणालीको रक्षा गर्नुपर्नेमा जोड दिए उपमहासचिव पौडेलले मुलुकलाई समुुन्नत बनाउन यही प्रणालीबाट सुशासन कायम गर्न सकिने बताए ।

    सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठले व्यावसायिक पत्रकारको हकहित र अधिकार संरक्षण गर्नुका साथै उनीहरूलाई देशभर सङ्गिठत गरी बलियो सञ्जाल विस्तार गर्ने योजना रहेको बताए ।

    महासचिव भुपराज खड्काले सङ्गठनले आगामी फागुन ७ गते काठमाडौँमा राष्ट्रिय सम्मेलन गर्न लागकाले त्यसको तयारी भइरहेको जानकारी दिए ।

    बाइस सदस्यीय पदाधिकारी रहेको उक्त सङ्गठनमा काठमाडौँमा उपलब्ध पदाधिकारीले शपथ लिएका हुन् ।

  • सम्बन्धित विषय:

  • # समाजवादी प्रेस संगठन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology