Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
images

किन प्रचण्डले प्रतिनिधि सभाको निर्वाचनको प्रस्ताव गरेर राजनीतिक तरंग ल्याइदिए

किन प्रचण्डले प्रतिनिधि सभाको निर्वाचनको प्रस्ताव गरेर राजनीतिक तरंग ल्याइदिए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ६, २०७८ बिहिवार • १८:३५:५८ बजे
  • 1.1K
    SHARES
  • किन प्रचण्डले प्रतिनिधि सभाको निर्वाचनको प्रस्ताव गरेर राजनीतिक तरंग ल्याइदिए

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाको निर्वाचनको प्रस्ताव गरेर राजनीतिक तरंग ल्याइदिएका छन् ।

    images

    आवधिक चुनावमा जोड दिने प्रचण्डले वैशाखमा चुनावको प्रस्ताव गर्नुलाई धेरैले महत्वका साथ हेरेका छन् । प्रचण्डले चुनावको प्रस्ताव गरेर पछिल्लो समय उठिरहेका विभिन्न मुद्दाहरुलाई नै ओझेलमा पार्न खोजेको देखिदैछ । विशेषगरी अमेरिकी सहयोगसम्बन्धी एमसीसी संसदमा निर्णयका लागि अगाडि बढ्ने चर्चा थियो ।

    चुनाव वैशाखमा गर्ने उनको प्रस्तावले एमसीसी छल्ने रणनीति बनाउन खोज्दैछ । प्रचण्ड एमसीसीको विपक्षमा छन् भने प्रधानमन्त्री शेरबहादुर देउवा पक्षमा छन् । एमसीसीको मुद्दाले सत्ता गठबन्धन टुट्न सक्छ । वैशाखमा चुनाव गर्ने गरी बढ्दा एमसीसी पनि रोकिने र गठबन्धन पनि नटुट्ने अवस्था बन्न सक्छ ।

    वैशाखमा चुनाव गर्दा पाँच दलीय सत्ता गठबन्धनबीच चुनावी गठबन्धन बन्ने सम्भावना पनि बन्नसक्छ । नबनेपनि पूर्वमाओवादी र माधवकुमार नेपालसमेतलाई मिलाएर सफलता हासिल गर्न सकिने प्रचण्डको बुझाई देखिन्छ । उनले त्यसको भित्री तयारी पूरा गरिसकेका छन् । प्रचण्ड र माधव नेपाल गठबन्धन बनाएरै चुनावमा जाने निश्चितप्रायः छ ।

    स्थानीय निकायको जनप्रतिनिधिको कार्यकाल ५ जेठमा सकिन्छ । कार्यकाल सकिन लागेका जनप्रतिनिधिलाई कर्मचारीले पनि टेर्न छाड्छन् । जनप्रतिनिधिमा बढी एमालेका छन् ।

    त्यतिबेलासम्म स्थानीय तहमा एमालेको प्रभाव कम भइसक्ने आँकलन प्रचण्डले गरेको देखिन्छ । जसका कारण चुनावी लाभ लिन सक्ने दाउमा प्रचण्ड छन् । एमालेभित्र असन्तुष्ट भीम रावललगायतका नेताहरुलाई पनि साथमा लिन सकिने गरी प्रचण्डको तयारी देखिन्छ । एमसीसी विरोधी भएकाले रावल पनि प्रचण्डको नजिक जाने सम्भावना उत्तिकै छ ।

    एमालेमा पहिरो ल्याएर प्रचण्डले अभूतपूर्व लाभ लिन खोजिरहेका छन् । वैशाखमा चुनावमा जान सके ओलीविरुद्ध मुख फोर्न नसकेका असन्तुष्टहरु प्रचण्ड र माधव नेपालको गठबन्धनमा पुग्न सक्छन् । प्रचण्डले यसकारण पनि चुनावको तुरुप फालेका छन् । Source:reportersnepal

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology