Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

रेणु यादवलाई मन्त्रीबाट हटाउन प्रधानमन्त्रीसँग योगेश भट्टराईको माग

रेणु यादवलाई मन्त्रीबाट हटाउन प्रधानमन्त्रीसँग योगेश भट्टराईको माग

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ७, २०७८ शुक्रवार • १३:४४:५१ बजे
  • 1.6K
    SHARES
  • रेणु यादवलाई मन्त्रीबाट हटाउन प्रधानमन्त्रीसँग योगेश भट्टराईको माग

    नेकपा (एमाले)का सचिव योगेश भट्टराईले हिंसात्मक अभिव्यक्ति दिने मन्त्री रेणुकुमारी यादवलाई पदबाट हटाउन प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेका छन् ।

    images

    नेता भट्टराईले सामाजिक सञ्जालमार्फत् हिंसा भड्काउने र संविधानको बर्खिलाप भाषण गर्ने मन्त्रीलाई तत्काल हटाउन माग गरेका हुन् ।

    भट्टराईले लेखेका छन्, “प्रधानमन्त्री शेरबहादुर देउवाले हिंसा भड्काउने र संविधानको बर्खिलाप भाषण दिने मन्त्री रेणु यादवलाई हाटाउनु पर्‍यो या नेपाली कांग्रेसले राजनीतिमा हिंसालाई जायज ठान्छ भन्नु पर्‍यो ।

    अर्को बाटो छैन ।” भौतिक पूर्वाधारमन्त्री यादवले बुधबार रौतहटको सदरमुकाम गौरमा आयोजित कार्यक्रममा अर्को गौर नरसंहार मच्चाएर जनमत पार्टीका अध्यक्ष डा.सिके राउतको हत्या गर्ने धम्की दिएकी थिइन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology