Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

प्रधानमन्त्री देउवा गठबन्धनको बन्दी बने : ईश्वर पोखरेल

प्रधानमन्त्री देउवा गठबन्धनको बन्दी बने : ईश्वर पोखरेल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ७, २०७८ शुक्रवार • १३:४६:३४ बजे
  • 1.5K
    SHARES
  • प्रधानमन्त्री देउवा गठबन्धनको बन्दी बने : ईश्वर पोखरेल

    नेकपा (एमाले) वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनको बन्दी बनेको आरोप लगाएका छन् ।

    images

    बहालवाला मन्त्रीले गौर नरसंहार दोहोर्‍याउने चेतावनी दिँदासमेत प्रधानमन्त्रीले उनलाई केही गर्न नसकेको भन्दै आपत्ति जनाएका छन् ।

    नेता पोखरेलले शुक्रबार दिउँसो सामाजिक सञ्जालमार्फत देउवालाई एक्सन चाल्न आग्रहसमेत गरेका छन् । उनले गठबन्धनको सूत्राधार हुँ (माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड)तर्फ लक्षित गर्दै केही बोल्न नसकेको आरोप लगाएका छन् ।

    “गठबन्धनकी एउटी नेतृ र बहालवाला मन्त्रीले विगतमा (आफूहरूद्वारा) घटित गौर नरसंहार दोहोर्‍याउने उद्दण्ड हुंकार गरिन् ।

    विगत गौर नरसंहारमा पीडित हुँ भन्ने र अहिलेको गठबन्धनका प्रमुख सूत्राधार हुँ भन्ने केही बोल्छन्/बाेल्दैनन्, गर्छन् गर्दैनन् ? प्रम देउवा गठबन्धनको बन्दी बनेकै हुन् ?’ एमाले उपाध्यक्ष पोखरेलले प्रश्न गरेका छन् ।

    २०६३ चैतमा रौतहटको गौरमा तत्कालीन मधेसी जनअधिकार फोरम र माओवादीले राइस मिलमा एकैपटक कार्यक्रम गर्दा भएको झडपमा २७ जना मारिएका थिए ।

    भौतिक पूर्वाधार तथा यातायातमन्त्री यादवले बुधबार रौतहटमा जनमत पार्टीका अध्यक्ष सिके राउतलाई फेरि गौर नरसंहार दोहोर्‍याउने र त्यसमा राउत मारिने अभिव्यक्ति दिएकी थिइन् ।

  • सम्बन्धित विषय:

  • # ईश्वर पोखरेल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology