वीरगञ्जमा प्रधानमन्त्रीको पुत्ला दहन गरिएको छ ।
अखिल नेपाल पिछडावर्ग (ओबीसी) महासंघले पेट्रलियम पदार्थको मूल्य वृद्धिको विरोधमा प्रधानमन्त्री शेरहादुर देउवाको पुत्ला दहन गरेको हो ।
वीरगञ्जको माईस्थान चोकमा भेला भएका ओबिासीका नेता कार्यकर्ताहरुले मूल्य वृद्धि फिर्ता गर्नुपर्ने माग राख्नुको साथै सरकार विरुद्ध नाराबाजी गरेका थिए ।
सरकारलाई उनीहरुले नालायक, निकम्मा, जनतामाराको संज्ञा दिँदै मुर्दावादको नारा लगाएका थिए ।
उनीहरुले गौर हत्याकाण्ड दोहोर्याउने अभिव्यक्ति दिएर विवादमा रहेकी मन्त्री रेणु यादवको पद खारेज गर्नुपर्ने माग समेत राखेका छन् ।
ओबीसी महासंघ केन्द्रिय उपाध्यक्ष अकलेश साहका अनुसार पेट्रोलियम पदार्थको मुल्य वृद्धिको विरोधमा आधा घण्टा प्रदर्शन गरेपछि पुत्ला दहन गरिएको थियो ।