सत्ता घटक नेकपा माओवादी केन्द्रको आज स्थायी समिति बैठक बस्दैछ ।
बैठक पार्टी मुख्यालय पेरिस डाँडामा आज बिहान ८ः३० बजे बस्ने लागेको हो ।
आजै बस्ने भनिएको केन्द्रीय समितिको बैठक कोरोना महामारीका कारण स्थगित भएपछि स्थायी समितिको बैठक बस्न लागेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
आजको बैठकमा भर्चुअल रुपमा भए पनि छलफल गर्नेगरी बैठक बस्न लागेको हो ।
यसअघि आजै बस्ने तय भएको केन्द्रीय समिति बैठकमा कतिपय केन्द्रीय सदस्यहरु कोरोना संक्रमणका कारण बिरामी परेकाले बैठकमा उपस्थित हुन नसक्ने जानकारी प्राप्त भएको थियो ।
माओवादी कार्यालयको सूचना
हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को २०७८ माघ ८ गते बस्ने भनिएको केन्द्रीय समितिको बैठक कोरोना महामारीको बढ्दो संक्रमण, स्वास्थ्य मापदण्ड पालना सम्बन्धि सरकारद्वारा जारी निर्देशन र स्वास्थ्यकर्मीहरुको सुझाव आदि लाई मध्यनजर गरि अर्को निर्णय नहुदासम्म स्थगन गरेको ब्यहोराको जानकारी पठाईसकिएको छ।
कुनै कारणवस सूचना नपुगेमा यसलाई पनि सूचनाको आधार बनाईदिन केन्द्रीय कार्यालय हार्दिक अनुरोध गर्दछ। पार्टीको निवर्तमान स्थायी समिति र आयोगका अध्यक्षहरुको बैठक स्वास्थ्य मापदण्ड पालना गरि यही माघ ८ गते ८ः३० बजे बिहान पार्टी कार्यालय पेरिसडाडामा बोलाईएको पनि जानकारी गराउदछौ।– केन्द्रीय कार्यालय