Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

मोटरसाइकल दुर्घटनामा परी नेकपा समाजवादीका कार्यालय सचिव धमलाको निधन

मोटरसाइकल दुर्घटनामा परी नेकपा समाजवादीका कार्यालय सचिव धमलाको निधन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ८, २०७८ शनिवार • १०:४४:४० बजे
  • 1.9K
    SHARES
  • मोटरसाइकल दुर्घटनामा परी नेकपा समाजवादीका कार्यालय सचिव  धमलाको निधन

    नेकपा एकीकृत समाजवादी सुनसरी जिल्ला कमिटीका सचिवालय सदस्य तथा १ नम्बर प्रदेश कमिटी कार्यालय सचिव आत्माराम धमलाको मोटरसाईकल दुर्घटना परि निधन भएको छ ।

    images

     मोटरसाइकल दुर्घटनामा परेका धमलाको उपचारका क्रममा शुक्रबार निधन भएको हो । गम्भिर घाइते भएपछि उनलाई विराटनगर स्थित नोवल मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पिटलमा उपचारार्थ भर्ना गरिएको थियो ।

    उनको मृत्युलाई दुखद भन्दै नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य केशव कुमार विष्टले माक्सवाद लेलिनवादलाई मार्ग दर्शक शिद्धान्त मानेर इमानको जिन्दगी बाँचिरहेका धमलाको मृत्युले पार्टीमा ठुलो क्षति पुगेको र देशले योद्धा गुमाएको टिप्पणी गरेका छन् ।

    निजामति कर्मचारीको रुपमा सेवा गरेका धमला पछिल्लो समय सक्रिय रुपमा नेकपा एकिकृत समाजवादीको राजनितिमा लागेका थिए ।

    पार्टीको सुनसरी जिल्ला कमिटिका अध्यक्ष गोविन्द निरौलाले धमलाको भौतिक शरिर हामीबाट विदा भएपनि पार्टीको सम्झनामा उहाँ सधै रहिरहने टिप्पणी गरेका छन् ।

    निरौलाले धमलाप्रति भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दैै शोकसन्तप्त परिवारजनम धैर्य धारणा गर्ने शक्ति प्राप्त होस भन्ने कामना गरेका छन् ।

    धमलाको शुक्रबारै इटहरी स्थित बुढिगँगा घाटमा दाहसंस्कार गरिएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology