Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रतिनिधिसभाको निर्वाचन गर्न खोजिए एमालेले ‘बहिष्कार गर्ने’

प्रतिनिधिसभाको निर्वाचन गर्न खोजिए एमालेले ‘बहिष्कार गर्ने’

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ८, २०७८ शनिवार • १२:४८:२७ बजे
  • 2.8K
    SHARES
  • प्रतिनिधिसभाको निर्वाचन गर्न खोजिए एमालेले ‘बहिष्कार गर्ने’

    स्थानीय निकायको निर्वाचन अगाडि प्रतिनिधि सभाको निर्वाचन गर्न खोजिए नेकपा एमालेले बहिष्कार गर्ने संकेत गरेको छ ।

    images

    एमालेका नेताहरुले वैशाखमा प्रतिनिधि सभाको चुनाव गरेर पछि मात्र स्थानीय चुनाव गर्न खोजिए कडा रुपमा प्रस्तुत हुने चेतावनी दिइसकेका छन् ।

    एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट नेताहरु ईश्वर पोखरेल, प्रदीप ज्ञवालीलगायतले स्थानीय चुनाव पछि धकेले कडा कदम चाल्ने चेतावनी दिएका छन् ।

    पूर्व महान्यायाधिवक्ता अग्नी खरेलले सडक संघर्षमा जाने चेतावनी दिइसकेका छन् ।

    ओलीले प्रचण्डले बोल्नु अघि नै स्थानीय चुनाव टार्न खोजिएको बताइसकेका छन् ।

    उनले कुनै संकेत पाएरै बोलेका थिए । नभन्दै प्रचण्डले वैशाखमा प्रतिनिधि सभाको चुनाव गरेर कात्तिकमा स्थानीय चुनाव गर्ने प्रस्ताव गरे ।

    एमाले नेताहरुको अभिव्यक्तिले स्थानीय चुनाव पछि सारेमा मूठभेडको सम्भावना बढेर गएको छ ।

    यसले संवैधानिक संकट आएर नयाँ राजनीतिक घटनाक्रम विकास हुने सम्मको खतरा देखिएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology