Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अभिनेत्री प्रियंका चोपडा आमा बनिन्

अभिनेत्री प्रियंका चोपडा आमा बनिन्

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ९, २०७८ आइतवार • ०८:२९:१० बजे
  • 1.0K
    SHARES
  • अभिनेत्री प्रियंका चोपडा आमा बनिन्

    बलिउड हुँदै हलिउडमा समेत आफ्नै छुट्टै पहिचान बनाउन सफल अभिनेत्री प्रियंका चोपडा आमा बनेकी छन् ।

    images

    अभिनेत्री प्रियंका आफैले सरोगेसीमार्फत् आमा बनेकी जानकारी गराएकी हुन् ।

    अभिनेत्री प्रियंकाले भनेकी छन्, ‘हामी सरोगेसीमार्फत जन्मिएको बच्चालाई स्वागत गर्दैछौं भन्ने जानकारी गराउन पाउँदा निकै खुसी लागेको छ ।

    हामी यस विशेष अवसरमा हामी सबैलाई हाम्रो गोपनीयता सुरक्षित गर्न आदरपूर्वक अनुरोध गर्दछौं 

    किनकि हामी अहिले हाम्रो परिवारमा पूर्ण रूपमा केन्द्रित छौं ।

    सबैलाई धेरै धेरै धन्यवाद ।’ प्रियंकाले छोरा कि छोरी ? भन्ने बारे कुनै पनि जानकारी दिएकी छैनन् ।

    अभिनेत्री प्रियंकाले २०१८ मा अमेरिकी गायक, अभिनेता र रेकर्ड निर्माता निक जोनससँग विवाह गरेकी थिइन् ।

    प्रियंका र निकको हिन्दू र क्रिस्चियन परम्परा अनुसार विवाह भएको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology