Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनमा देशभरका अदालत बन्द

पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनमा देशभरका अदालत बन्द

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ९, २०७८ आइतवार • ०८:३१:२२ बजे
  • 526
    SHARES
  • पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनमा देशभरका अदालत बन्द

    पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनमा आज सर्वोच्च अदालतसहित देशभरका अदालत बन्द रहने छन् ।

    images

    सर्वोच्चको शनिबार बसेको आकस्मिक पूर्ण बैठकले शर्माको निधनमा आज आइतबार देशभरका अदालतमा शोक विदा दिने निर्णय गरेको हो ।

    ‘शर्माको असामयिक निधनमा शोक प्रकट गर्न ९ माघ नेपालभरका सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत एवं अन्य अदालत र न्यायाधीकरणहरु शोक विदाको रुपमा बन्द रहने,’ निर्णयमा उल्लेख छ ।

    शर्माको बुधबार निधन भएको थियो ।

    उनका छोरा विदेशबाट आएपछि शनिबार अन्त्येष्टि गरिएको थियो ।

    २०१६ सालमा सरकारी सेवामा प्रवेश गरेका शर्मा ३० चैत २०५४ देखि ३० मंसिर २०५६ सम्म प्रधानन्यायाधीश रहेका थिए ।

    सर्वोच्च अदालतले आफ्नो विज्ञप्तिमा शर्माले आफ्नो कार्यकालमा स्वतन्त्र न्यायपालिको मूल्य मान्यता स्थापित गर्न र न्याय तथा कानुन क्षेत्रको विकासका लागि अतुलनीय योगदान पुर्‍याएको उल्लेख गरेको छ ।

  • सम्बन्धित विषय:

  • # देशभरका अदालत बन्द
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology