Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

प्रचण्ड पत्नी सीता अस्पताल भर्ना, आइसीयुमा उपचार जारी

प्रचण्ड पत्नी सीता अस्पताल भर्ना, आइसीयुमा उपचार जारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ९, २०७८ आइतवार • १४:३९:५९ बजे
  • 979
    SHARES
  • प्रचण्ड पत्नी सीता अस्पताल भर्ना, आइसीयुमा उपचार जारी

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी श्रीमती सीता दाहालको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।

    images

    माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार परिषदका सदस्य समेत रहेका सीताको स्वास्थ्यमा प्रतिकुलना देखिएपछि तीन दिनदेखि अस्पताल भर्ना गरिएको प्रचण्डको सचिवालयले जनाएको छ ।

    उनको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार जारी छ ।

    अध्यक्ष प्रचण्डको सचिवालयले सीता दाहालको स्वास्थ्य स्थितिबारे जानकारी दिँदै सामाजिक सञ्जालमा यस्तो लेखेको छ–

    हाम्रो पार्टीका केन्द्रीय सल्लाहकार परिषदका सदस्य तथा आदरणीय अध्यक्ष कमरेड प्रचण्डको जीवनसाथी, हाम्रा आदरणीय आमा सीता दाहालको स्वास्थ्य प्रतिकुलताका कारण विगत तीन दिन देखि अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ।

    उहाँको स्वास्थ्यमा सकारात्मक सुधार भइरहेको छ। उहाँको सिघ्र स्वास्थ्यलाभको कामना गर्दछौं।
    –अध्यक्ष कमरेडको सचिवालय

    गंगा दाहालले फेसबुकमा लेखेकी छन्–

    ममीलाई कोरोना पोजेटिभ देखिएपछि विगत ३ दिनदेखि अस्पताल भर्ना गरिएको छ। चिकित्सकका अनुसार ममीको स्वास्थ्य अवश्था सुधारोन्मुख छ र केही दिन अस्पताल मै राखेर उपचार गर्नुपर्ने छ ।

  • सम्बन्धित विषय:

  • # आइसीयुमा उपचार जारी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology