Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

 म्याग्दीको कालीपुल–बगरफाँट जोड्ने बेलिब्रिज निर्माणको तयारी

 म्याग्दीको कालीपुल–बगरफाँट जोड्ने बेलिब्रिज निर्माणको तयारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ९, २०७८ आइतवार • १६:१०:३५ बजे
  • 943
    SHARES
  •  म्याग्दीको कालीपुल–बगरफाँट जोड्ने बेलिब्रिज निर्माणको तयारी

     म्याग्दीको सदरमुकाम बेनी देखि पर्वतको जलजला गाउँपालिकाको बगरफाँट जोड्ने बेलिब्रिज निर्माणको तयारी भएको छ ।

    सडक डिभिजन कार्यालय बाग्लुङका प्रमुख बलिराज मल्ल, इञ्जिनियर बिजय शर्मा लगायतको टोलीले बेलिब्रिज राख्ने सम्भाबित ठाउँको निरिक्षण गर्नुभएको थियो । निर्माण स्थलमा जग्गा बिवाद नभएको प्रतिबद्धता, प्राबिधिक रुपमा उपयुक्त भएमा बजेट ब्यवस्थापन गरेर बेलिब्रिज जडानको प्रक्रीया अघि बढाउने डिभिजन प्रमुख मल्लले बताउनुभयो ।

    बगरफाँट जोड्ने सडक बाढीले बगाएपछि सवारी साधन मार्फत यात्रा र सामान ढुवानी गर्न आठ किलोमिटर दुरिको घुमाउरो सडक प्रयोग गर्न बाध्य भएका छन् । कालीगण्डकीमा आएको बाढीले गत असारमा माटेपानीमा एक सय मिटर सडक कटान गरेर बगाएपछि बेनी देखि बगरफाँट जोड्ने सडक आठ महिनादेखि अबरुद्ध छ ।
    Bagarfat  (3).jpg
    पहाडको फेदीमा बाँध बनाएर सडक बनाउँदा म्याग्दीतर्फ कटान गर्ने र बाढीले सडक बगाएर लगानी खेर जाने भएपछि सडक पुननिर्माण भएको छैन् । यसअघि पनि बर्षेनी हिउँदमा सडक बनाउने र बर्खामा बाढीले बगाउने गरेको थियो ।

    प्राबिधिक हिसाबले माटेपानीको भिरमा सडक निर्माण सम्भव नदेखिएपछि कालीपुल देखि बगरफाँट जोड्ने पक्कि मोटरेबल पुल र बेलिब्रिज जडानका लागि पहल गरिएको जलजला गाउँपालिका–३ का वडा अध्यक्ष रबी भण्डारीले बताउनुभयो ।

    “बगरफाँटको यातायात समस्या लिएर म आफै प्रधानमन्त्री कार्यालय र राष्ट्रियसभा अध्यक्षकहाँ पुगेर आएको छ,” उहाँले भन्नुभयो “प्रधानमन्त्री कार्यालयको निर्देशनमा सडक डिभिजन कार्यालय बाग्लुङका इञ्जिनियरहरुको टोलीले शुक्रबार बेलिब्रिज निर्माण स्थलको सम्भाब्यता अध्ययन गरेका छन् ।”


    तीन सय भन्दा बढी घरधुरीको बसोबास रहेको जलजला गाउँपालिकाको २ र ३ नम्बर वडामा पर्ने बगरफाँटका बासिन्दा म्याग्दी आवत जावत गर्ने कालीपुल जोड्ने झोलुङ्गे पुलको पनि लठ्ठा खिया लागेर छिन्ने अवस्थामा छ । मानिसहरु झोलुङ्गे पुलबाट आवत जावत गरेपनि निर्माण सामग्री र दैनिक उपभोग्य सामान ढुवानी गर्न समस्या भएको बगरफाँटका बासिन्दा राम रकालले बताउनुभयो ।

    “बेनीबाट बगरफाँट सामान ढुवानी गर्नका लागि मल्लाज–बाँसखर्क हुदै आठ किलोमिटर घुमाउरो सडक प्रयोग गर्दा महँगो भाडा तिर्न बाध्य छन्,” उहाँले भन्नुभयो “निर्माणाधिन निजी घर र सामुदायिक बिकास आयोजनाको लागत बढेको छ ।”

    एक बोरा सामान पुल तारेको भरियालाई रु. एक सय भन्दा बढी तिर्नुपर्छ । बिरामीलाई अस्पताल पु¥याउन डोको र स्टेचरमा बोक्नुपरेको स्थानीय खिम बरुवालले बताउनुभयो । बगरफाँटमा बसोबास गर्ने अधिकांश म्याग्दीका बिद्यार्थी, ब्यवसायी, कर्मचारी र सर्बसाधारण छन् ।

    images

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology