Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

महासचिवमा मेराे दाबी स्वभाविक : वर्षमान पुन

महासचिवमा मेराे दाबी स्वभाविक : वर्षमान पुन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ११, २०७८ मंगलवार • ०८:०८:३५ बजे
  • 1.1K
    SHARES
  • महासचिवमा मेराे दाबी स्वभाविक : वर्षमान पुन

    नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले पार्टीको महासचिवमा आफ्नो दाबी स्वाभाविक रहेको बताएका छन् ।

    images

    झन्डै चार महिना लामो उपचारपछि चीनबाट सोमबार साँझ स्वदेश आइपुगेका उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यस्तो बताएका हुन् । यसअघि सचिव भइसकेकाले महासचिवमा आफ्नो दाबी स्वाभाविक रहेको पुनले बताए ।

    केन्द्रीय सदस्य र अध्यक्ष सहमतिमै चयन भएकाले पदाधिकारी पनि सहमतिमै छानिने विश्वास उनको छ । पुनले भने, ‘मैले चीनमा उपचार गराइरहँदा पनि भनेको थिएँ, यदी नेतृत्वले सहमति गरेमा मान्न तयार छु ।

    यदी प्रतिस्पर्धा भयो भने पनि प्रतिस्पर्धा गर्छु भनेकै हुँ।’ यस्तै नेता अनन्तले आफू बैंककबाट चीन लैजाँदा अचेत अवस्थामा रहेको बताएका छन् ।

    नेता पुनले बैंककबाट चीनमा लैजाँदा ३/४ दिनपछि मात्रै होस आएको बताए । पुन चार महिना लामो उपचारपछि सोमबार स्वदेश फर्किएका हुन्। क्रिकलर नाजार टाइप टु सिन्ड्रोम नामक दुर्लभ बंगाणुगत जण्डिस रोगबाट ग्रसित पुन पुसर २० गते मंगलबार अपराह्न सेनजेनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनबाट डिस्चार्ज भएका हुन्।

    २२ गते फेरी अस्पताल पुगेका उनलाई चिकित्सकहरुले राम्रो सुधार भएको भन्दै केही दिन आराम गर्न सुझाव दिएका थिए ।

    नयाँ जीवन पाएर फर्किएँ 

     नेता वर्षमान पुन ‘अनन्त’ छिमेकी राष्ट्र चीनमा उपचार गरी स्वदेश फर्किएका छन् । सोमबार राति त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै आफूले नयाँ जीवन पाएको बताए ।

    उनले महाधिवेशनबाट चुनिएको अध्यक्ष प्रचण्डको नेतृत्वको नयाँ केन्द्रीय समितिले पार्टी जीवनमा पनि नयाँ जोश र जाँगर पैदा भएको बताए । पार्टीमा समझदारीबाट नेतृत्व चयन हुने उनले बताए ।

    माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक नेता अनन्तको आगमन कुर्दै पटकपटक सर्दै आएको छ । नेता अनन्तको आगमन पश्चात केन्द्रीय समितिको बैठक बसी पार्टीका अन्य पदाधिकारीहरु चयन गर्ने बताइएको छ ।

    नेता अनन्त कलेजो सम्बन्धी रोगको उपचारको सिलसिलामा थाइल्याण्ड हुँदै चीन पुगेका थिए । लामो समयको उपचार पश्चात उनी सोमबार राति कार्गो विमानमार्फत स्वदेश फर्किएका हुन् ।

  • सम्बन्धित विषय:

  • # वर्षमान पुन अनन्त
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology