Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अल्लूले बढाए पारिश्रमिक

अल्लूले बढाए पारिश्रमिक

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ११, २०७८ मंगलवार • ०८:३२:३० बजे
  • 1.3K
    SHARES
  • अल्लूले बढाए पारिश्रमिक

    एजेन्सी/ फिल्म ‘पुष्पा : द राइज’ पछि अभिनेता अल्लू अर्जुन सफलताको अर्को सिँढीमा उक्लिएका छन् ।

    images

    यही कारण उनले ‘पुष्पा : द रुल’का लागि आफ्नो पारिश्रमिक बढाएका छन् । यो फिल्म मात्र होइन, उनले अन्य फिल्मका लागि पनि बढेको पारिश्रमिक लिने छन् । उनले पारिश्रमिक मूल्य सय करोड पु¥याएका छन् ।

    फिल्ममा एटलीको निर्देशन र लायका प्रोडक्सनको निर्माण हुनेछ । लायका प्रोडक्सनले यसअघि तमिलमा ‘२.०’, ‘कैथी’ र ‘दरबार’ जस्ता फिल्म निर्माण गरिसकेको छ ।

    एटलीले ‘मार्सल’, ‘थेरी’ र ‘बिजिल’ जस्ता फिल्म दर्शकलाई दिइसकेका छन् । अल्लूले सय करोड पारिश्रमिक तोके पनि त्यो लगानी उठाउन प्रोडक्सन हाउसलाई कुनै चिन्ता छैन ।

    किनकी उनीहरूलाई अल्लूको कामप्रति विश्वास छ । फिल्म ‘पुष्पा’ पछि अभिनेत्री रश्मिका मन्दानाले पनि पारिश्रमिक बढाएकी छन् । उनले ‘पुष्पाः द रुल’का लागि चार करोड पारिश्रमिक लिने घोषणा गरिसकेकी छन् ।

  • सम्बन्धित विषय:

  • # पारिश्रमिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology