Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

आज राष्ट्रिय सभा निर्वाचनः सत्ता गठबन्धन र एमालेबीच प्रतिस्पर्धा

आज राष्ट्रिय सभा निर्वाचनः सत्ता गठबन्धन र एमालेबीच प्रतिस्पर्धा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १२, २०७८ बुधवार • ०८:३५:०४ बजे
  • 394
    SHARES
  • आज राष्ट्रिय सभा निर्वाचनः सत्ता गठबन्धन र एमालेबीच प्रतिस्पर्धा

    संघीय संसदको उपल्लो सदन रााष्ट्रिय सभामा रिक्त रहेका १९ रााष्ट्रिय सभा सदस्य पदका लागि आज निर्वाचन हुँदैछ ।

    images

    प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बाग्मतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन गरी रिक्त हुने जम्मा १९ पदका लागि मतदान हुन लागेको हो ।

    मतदानका लागि सबै तयारी पूरा भइसकेको निर्वाचन आयोगले जनाएको छ । शान्ति सुरक्षा, स्वास्थ्य मापदण्ड तथा निर्वाचनस्थल र केन्द्र निर्माणलगायत गर्नुपर्ने निर्वाचन व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भइसकेको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए ।

    मुलुकका विभिन्न प्रदेशमा कायम रहेका आठ मतदानस्थल र १४ केन्द्रमा बुधवार बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । आगामी फागुन २० गते नेकपा एमालेका आठ, नेकपा एकीकृत समाजवादीका चार, नेकपा माओवादी केन्द्रका चार र नेपाली कांग्रेसका तीन राष्ट्रिय सभा सदस्यको पदावधि समाप्त हुँदैछ ।

    सदस्यको पदावधि समाप्त हुनु ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने संवैधानिक प्रावधान छ । संघीय संसदमा प्रतिनिधित्व गर्ने ९ राजनीतिक दलका उम्मेदवार चुनावी मैदानमा िित्रएका छन् ।

    आयोगका अनुसार नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचनमा भाग लिएका छन् ।

    निर्वाचनमा ४३ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् । जसअनुसार सत्ता गठबन्धन एकातिर रहेका छन् भने प्रदेश २ मा एमालेलाई पनि लोसपाले सघाएको छ । निर्वाचनका लागि प्रदेश सभा सदस्य तथा पालिका प्रमुख र उपप्रमुख गरी दुई हजार २५ मतदाता कायम रहेका छन ।

    निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ४८ र पालिका प्रमुख र उपप्रमुखको मतभार १८ हुनेछ । निर्वाचनमा स्थानीय तहका एक हजार ४९३ र प्रदेश सभाका ५३२ मतदाता रहेका छन् ।

    निर्वाचनबाट सात महिला, तीन दलित, दुई अपांगता भएका व्यक्ति वा अल्पसङ्ख्यक र सात अन्य समूहका उम्मेदवार निर्वाचित हुनेछन् । प्रबुद्ध वर्गको प्रतिनिधित्व रहने ५९ सदस्सीय राष्ट्रिय सभाका एकतिहाइ सदस्यको प्रत्येक दुई वर्षमा पदावधि समाप्त हुने संवैधानिक व्यवस्था छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology