Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

गोकुल बास्कोटाको वडाका ५० एमाले कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश

गोकुल बास्कोटाको वडाका ५० एमाले कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १२, २०७८ बुधवार • १४:५९:३२ बजे
  • 742
    SHARES
  • गोकुल बास्कोटाको वडाका ५० एमाले कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश

    नेकपा (एमाले) काभ्रेका केही नेता तथा कार्यकर्ताहरु आज नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् ।

    images

    नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा मिनभवन, आलोकनगरमा आयोजित एक कार्यक्रमकाबीच उनीहरु आज पार्टी प्रवेश गरेका हुन् ।

    एकीकृत समाजवादीका अनुसार काभ्रेको मण्डन देउपुर वडा नम्बर – १ का एमाले वडासचिवसहित ५० जनाले एमाले परित्याग गरे हुन्। जुन एमाले नेता गोकुल बास्कोटाकाे वडा पर्दछ ।

    नवप्रवेशसीहरुलाई नेकपा (एकीकृत समासजवादी)का अध्यक्ष माधव कुमार नेपालले स्वागत गरेका थिए ।

    अध्यक्ष नेपालले स्वागत कार्यक्रममा तीनै तहको निर्वाचन एकैपटक हुनुपर्ने बताएका थिए ।

    मुलुकको खर्च बचाउनका लागि भएपनि तीनै तहको निर्वाचन एकै पटक गर्नुपर्ने उनको भनाइ थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology