Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

लुम्बिनी प्रदेशमा गठबन्धनका उम्मेदवार विजयी

लुम्बिनी प्रदेशमा गठबन्धनका उम्मेदवार विजयी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १२, २०७८ बुधवार • १७:१२:१२ बजे
  • 667
    SHARES
  • लुम्बिनी प्रदेशमा गठबन्धनका उम्मेदवार विजयी

    लुम्बिनी प्रदेश अन्तर्गत राष्ट्रियसभाका तीन सदस्य पदमा भएको निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

    images

    सत्तारुढ गठबन्धनबाट अन्य समूहतर्फ काँग्रेसका युवराज शर्मा, महिलातर्फ नेकपा एकीकृत समाजवादीकी राजेन्द्रलक्ष्मी गैरे र दलिततर्फ राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्मालाई उम्मेदवार बनेका थिए ।

    बुधबार भएको निर्वाचनमा उनीहरु तीनै जना विजयी भएका हुन् । निर्वाचन कार्यालयका अनुसार शर्माले प्रदेशसभातर्फ ४४ र स्थानीय तहतर्फ १२४ मतसहित कुल मतभार ४ हजार ३४४ ल्याएर विजयी भएका हुन् ।

    उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार रामदयाल गुप्ताले ३ हजार ३७८ मतभार हासिल गरे । यस्तै महिला तर्फ गठबन्धनकै उम्मेदवार गैरेले प्रदेशसभातर्फ ४५ र स्थानीय तहतर्फ १२३ मत हासिल गरिन् ।

    दुवैमा उनको कुल मतभार ४ हजार ३७४ रह्यो । उनका प्रतिस्पर्धी एमाले उम्मेदवार भारती खनालले प्रदेशसभातर्फ ३६ र स्थानीय तर्फ ८८ मत हासिल गरिन् ।

    दलिततर्फ गठबन्धनका उम्मेदवार विश्वकर्माले प्रदेशसभा अन्तर्गत ४५ र स्थानीय तह अन्तर्गत १२२ मत हासिल गरे । उनको कुल मतभार ४ हजार ३५६ रह्यो । उनका प्रतिस्पर्धी एमाले उम्मेदवार कृष्णबहादुर सुनारले प्रदेशसभा तर्फ ३६ र स्थानीय तहतर्फ ९० मतमात्र हासिल गरे ।

    सुदूरपश्चिममा गठबन्धनका उम्मेदवार विजयी

    सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा सत्तारुढ गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् ।

    गठबन्धनकातर्फबाट माओवादीका जगत पार्की, नेकपा एकीकृत समाजवादीकी गरिमा शाह र काँग्रेस नारायण मिश्र विजयी भएका हुन् ।

    एमालेका नरेश विक, सन्तोषकुमारी शर्मा थापा र डिल्लीराज भट्टलाई पराजित भएका छन् ।

    बुधबार बिहान भएको मतदानमा सुदूरपश्चिम प्रदेशमा ५२ प्रदेश सांसद र १७६ जना स्थानीयका प्रमुख उपप्रमुख गरी २२८ मत खसेको थियो ।

  • सम्बन्धित विषय:

  • # उम्मेदवार विजयी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology