Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बागलुङको गलकोटमा जन्मेका दुर्गेश थापा युवा माझ चर्चित बन्दै ,‘आलु जस्तो गायक’ युट्युबमा नं. एकमा

बागलुङको गलकोटमा जन्मेका दुर्गेश थापा युवा माझ चर्चित बन्दै ,‘आलु जस्तो गायक’ युट्युबमा नं. एकमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ७, २०७७ आइतवार • १२:२४:४० बजे
  • 1.8K
    SHARES
  • बागलुङको गलकोटमा जन्मेका दुर्गेश थापा युवा माझ चर्चित बन्दै ,‘आलु जस्तो गायक’ युट्युबमा नं. एकमा
    युवा पुस्तामाझ रुचाइएका गायक दुर्गेश थापाको गीत ‘आलु जस्तो गायक’ सार्वजनिक भएको दुई दिनमै युट्युबमा सर्वाधिक हेरिएकोमध्ये नं. एकमा आएको छ ।

    गीतको भ्यूज आज दिउँसोसम्ममा सात लाख नाघेको छ । गीतमा वसन्त थापाले शब्द÷सङ्गीत दिनुभएको छ । भिडियो निर्देशन शिव विकले गर्नुभएको छ । गीतमा गायक थापासँगै नायक पल शाह, पुष्प खड्का र सारिका केसीको अभिनय/नृत्य छ ।

    ‘इनाक्षी इन्टरटेन्टमेन्ट’ युट्युब च्यानलबाट सार्वजनिक गीतमा थापाको साङ्गीतिक जीवनको भोगाइ र उतारचढाव समावेश छ । केही साताअघि एक टेलिभिजन अन्तर्वार्तामा नारायणगोपालको गीत गाउन लगाउँदा भक्तराज आचार्यको गीत गाएपछि गायक थापा ट्रोलको शिकार बन्नुपरेको थियो । थापाको साङ्गीतिक ज्ञानको स्तरलाई लिएर धेरैले व्यङ्ग्य गरेका थिए । 

    सङ्गीत प्रशिक्षण, साधानाले भन्दापनि आफू रहरले गायक भएको थापाले बताए । “मेरो मुख्य क्षेत्र मोडलिङ हो, म रहरले गायनतिर लागेँ”, थापाले भने, “कुनै औपचारिक ज्ञान भन्दा पनि मैले हाम्रै हावापानी, पाखा, पखेराबाट सङ्गीतमा लाग्ने प्रेरणा पाएँ ।” दर्शक, स्रोताकै माया र सद्भावले आफू गायकका रुपमा चिनिएको थापाको भनाइ छ । 

    थापाको यही वर्ष सार्वजनिक ‘बीच्चबीचमा–२’ तीज गीत पनि चर्चित छ । गीतमा कोरोना महामारीले जनजीवनमा पारेको प्रभावबारे उल्लेख छ । उक्त गीतले पनि युट्युबमा एक करोड बढी भ्यूज बटुलेको छ ।

    बागलुङको गलकोटमा जन्मनुभएका गायक थापाका दर्जनौँ गीत सार्वजनिक भएका छन् । सयौँ म्युजिक भिडियोमा अभिनय गरेका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology