Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

विदेश पुर्‍याईअलपत्र बनाउनेलाई कुनै हालतमा छाड्दिन : मन्त्री श्रेष्ठ

विदेश पुर्‍याईअलपत्र बनाउनेलाई कुनै हालतमा छाड्दिन : मन्त्री श्रेष्ठ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १३, २०७८ बिहिवार • १९:२४:२३ बजे
  • 637
    SHARES
  • विदेश पुर्‍याईअलपत्र बनाउनेलाई कुनै हालतमा छाड्दिन : मन्त्री श्रेष्ठ

    श्रममन्त्री कृष्ण कुमार श्रेष्ठले भिजिट भिसामा दुबई पुराएको भए नेपाल फर्काउन वा रोजगारीको व्यवस्था गर्न चेतावनी दिएका छन् ।

    images

    बिहीबार मन्त्रालयमा भिजिट भिसामा दुबइ पुगेर दुख पाएका युवाहरुसंगको छलफलका क्रममा उनले भिजिट भिसामा कामका लागि दुबइ पुराउनेलाई कुनै हालतमा नछाड्ने स्पष्ट पारे ।

    उनले बैदेशिक रोजगारमा जादा भिजिट भिसाको प्रयोग नगर्न आग्रह समेत गरे । भिजिट भिसामा दुबई पुराउने गरेका बिषयमा मन्त्रालय गम्भीर रहेको भन्दै उनले यसलाई नियन्त्रण र अनुसन्धान गर्न सरकार गम्भीर भएर लागेको बताए ।

    ‘भिजिट भिसा’मार्फत दुबईलगायत श्रम गन्तव्य मुलुकमा पुगेर पीडित भएकालाई सम्बोधन गर्न ‘मार्सल टिम’ गठन भएको उनले जानकारी दिए ।

    उनले मन्त्रालयले आगामी आइतबारदेखि २४ सैं घण्टा फोन उठ्ने गरी गुनासो सुनुवाइ कक्ष स्थापना गर्न लागेको बताए । दुख पाएका नेपालीहरुको गुनासोका आधारमा दलालहरुलाई कारवाही गर्ने उनले स्पष्ट पारे ।

    त्यस्तै पीडित युवाहरुले आफुहरुले चर्को मूल्य तिरेर केहि व्यक्तिमार्फत दुवई गएको र अलपत्र परेको गुनासो गरे । उनीहरुले आकर्षक तलवको बहानामा आफुहरुलाई झुक्काएको बताएका थिए ।

    पछिल्लो एक वर्षमा मात्रै झन्डै ८० हजार नेपाली रोजगारी खोज्न भिजिट भिसामार्फत यूएई पुगेको अनुमान मन्त्रालयको छ ।

  • सम्बन्धित विषय:

  • # विदेश पुर्‍याईअलपत्र
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology