प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीलत निवास पुगेका छन् ।
बिहीबार दिउँसो ३ बजेपछि प्रधानमन्त्री देउवा राष्ट्रपतिसँगको भेटवार्ताका लागि शीतल निवास पुगेका थिए । राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच करिब १ घन्टा कुराकानी भएको जनाइएको छ ।
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच नियमित भेटवार्ता भएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।
“आज दिउँसो ३ बजे राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटावार्ता भएको छ,” प्रमुख स्वकीय सचिव अधिकारीले भने, “यो नियमित भेटवार्ता हो ।”
स्थानीय तहको निर्वाचन वैशाखबाट पर सार्नेबारे गठबन्धनमा छलफल जारी रहेको बेला प्रधानमन्त्री राष्ट्रपतिसँगको भेटवार्ताका लागि पुगेका हुन् ।