Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एमाले र विजयीको अब भेट हुँदैन:मेटमणी चौधरी

एमाले र विजयीको अब भेट हुँदैन:मेटमणी चौधरी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १४, २०७८ शुक्रवार • १२:२५:४२ बजे
  • 1.2K
    SHARES
  • एमाले र विजयीको अब भेट हुँदैन:मेटमणी चौधरी

    नेकपा एकीकृत समाजवादीका नेता मेटमणी चौधरीले नेकपा एमालेले अब कहिल्यै चुनाव नजित्ने दावी गरेका छन् ।

    images

    नेता चौधरीले बुधबार भएको राष्ट्रियसभा निर्वाचनमा एमाले, लोसपा र राप्रपा बीचको गठबन्धनलाई प्रतिगामी गठबन्धनको संज्ञा दिँदै उक्त गठबन्धनको शर्मनाक हार भएको बताएका छन् ।

    साथै हारको लाज छोप्न केपी ओलीका चाकरहरूले ५ दलीय गठबन्धनका विरुद्ध अनेक अफवाह मच्चाइरहेको भन्दै कटाक्ष गरेका छन् ।

    चेतावनीको शैलीमा चौधरीले फेसबुकमार्फत भनेका छन्, ‘याद होस् दास/दासीहरूलाई– चुनावी मोर्चामा उभिइसकेपछि मुख्य कुरा जित्नु हो । चाहे एक्लै होस् या मिलीजुली । मिलेरै/मिलाएरै जित्ने हो । एकलकाँटे तिमीहरू बरू सोँच– हामी किन कसैसँग मिल्न सकेको छैनौ ? हामी दैनिकजस्तो किन एक्लिरहेका छौ ।

    सरकारको नेतृत्वबाट प्रतिपक्षीको भूमिकामा कसरी झर्न पुगिम के यो बिषयमा कहिले सिंहावलोकन गरेका छौ ? तिम्रा यिनै घमन्डको कारण आज बिचरा भएका छौ ।’ त्यस्तै उनले एमालेका नेताहरुलाई दासको संज्ञा समेत दिएका छन् ।

    उनले भनेका छन्, ‘दासहरूले के पनि भुल्नुहुँदैन भने– २०७४ सालको चुनावमा माओवादीसँग चुनावी एकता गरेको कुरा, झापामा राप्रपालाई उम्मेदवारीमा सघाएको र त्यसबापत मत पाएको, धनुषामा राजेन्द्र महतोलाई मत बेची अरू ठाँउबाट असुली गरेको, नवलपरासी, रूपन्देही र कपिलवस्तुमा गैर एमालेका नेताहरूलाई सूर्य चिन्ह दिएर अरू निर्वाचन क्षेत्रमा स्वतन्त्रहरूका मत प्राप्ति गरेका ! उक्त सबै कार्य तिमीले बा भनेका खड्गप्रसाद ओलीले गरेका होइनन् ?

    दास बन्नु/हुनुको पनि सिमा हुन्छ ! जसले सबैभन्दा बढि दलहरूसँग सहमति र अवैध सम्झौता गरेका छन् ! तिनैका सन्तानहरू गठबन्धनका बिरूद्दमा बिष बमन गर्नु कत्ति पनि सुहाएन क्या !’ उनले संसारभरिका राजनैतिक कल्चर ध्रुवीकरण भइरहेको भन्दै भारत लगायत युरोपमा समेत मिल्न सक्नेहरूका बीचमा चुनावी एकता भएको स्मरण गराउँदै ‘स्यालहुइँया नगरेकै राम्रो’,भनेका छन् ।

    राष्ट्रियसभाको चुनावी परिणामपछि ओलीका दासहरूले यो हार हाम्रो अन्तिम हो र अबको सबै निर्वाचनमा विजयी हुन्छौ र पाँच दल मिलेर जित्ने– अनि यत्रो फूर्ति ! लगाउने भनेर गरेको टिप्पणीमा एमालेको हारको श्रृखंला निरन्तर अघि बढ्ने दावी समेत गरेका छन् ।

    उनले लेखेका छन्,‘अब देखि नेकपा एमाले र विजयीको बीचमा कहिल्यै भेट हुनेवाला छैन । नेकपा एमालेले जितेको कुरा कुनै पनि पत्रकारले लेख्ने अवसर पाउनै छैनन् ।

    २०७४ सालमा जितेको कुरा कथा बन्नेछ र भावी सन्ततिहरूलाई सपना जस्तै लाग्नेछ !’

  • सम्बन्धित विषय:

  • # मेटमणी चौधरी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology