Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

मानव तस्करलाई सघाएको आरोपमा एयरपोर्ट इमिग्रेसनका ९ अधिकृतको सरुवा

मानव तस्करलाई सघाएको आरोपमा एयरपोर्ट इमिग्रेसनका ९ अधिकृतको सरुवा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १४, २०७८ शुक्रवार • १८:५१:४० बजे
  • 697
    SHARES
  • मानव तस्करलाई सघाएको आरोपमा एयरपोर्ट इमिग्रेसनका ९ अधिकृतको सरुवा

    मलेसिया तथा खाडी मुलुक लगायतमा नेपाली कामदार अलपत्र पर्न थालेपछि त्यता पठाउने मानव तस्करहरुलाई सघाएको आरोपमा एयरपोर्ट इमिग्रेसनका ९ अधिकृतको सरुवा भएको छ ।

    images

    सेटिङमा संलग्न रहेको हुनसक्ने भन्दै उनीहरुलाई गृह मन्त्रालयले तानेको हो ।

    गृह मन्त्रायले गोप्य सूचनाका आधारमा उनीहरुलाई विमानस्थलबाट हटाएको हो ।

    अध्यागमन कार्यालयबाट अधिकृतहरु पुष्पराज शर्मा, अच्युत केसी, नयन्द्र कुमार पौडेल, रामप्रसाद ओली, अबिलास राई, दिपककुमार आचार्य, हेमराज जोशी, मौसम ढुंगेल र यम बहादुर भट्टराई फिर्ता बोलाइएको गृह स्रोतले बताएको छ ।

    मानव तस्करसँगको सेटिङमा भिजिट भिसामा मलेसिया तथा खाडी मुलुक पठाउन सहयोगीको भूमिका निर्वाह गरेको सूचनाको आधारमा उनीहरुलाई सरुवा गरिएको हो ।

    भिजिट भिसामा पछिल्लो समय खाडी मुलुक पुगेकाहरुको विचल्ली भएपछि सबै कर्तुत पर्दाफास भएको हो ।

  • सम्बन्धित विषय:

  • # ९ अधिकृतको सरुवा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology