Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

प्रचण्डले बोलाए माओवादीबाट सरकारमा सहभागी मन्त्रीहरुको छुट्टै बैठक

प्रचण्डले बोलाए माओवादीबाट सरकारमा सहभागी मन्त्रीहरुको छुट्टै बैठक

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १४, २०७८ शुक्रवार • १८:५४:०९ बजे
  • 604
    SHARES
  • प्रचण्डले बोलाए माओवादीबाट सरकारमा सहभागी मन्त्रीहरुको छुट्टै बैठक

    नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुसँग छलफल गरेका छन् ।

    images

    आफूहरुले नेतृत्व गरिरहेका मन्त्रालयबाट जनसेवाका कामलाई कत्तिको प्रभावकारी रुपमा जनमुखी बनाउन सकियो भन्ने विषयमा छलफल गर्न मन्त्रीहरुलाई बैठकमा बोलाएका हुन् ।

    सरकार सञ्चालन संयन्त्रको बैठकका रुपमा सिंहदरवारस्थित प्रचण्डकै कार्यकक्षमा मन्त्रीहरुसँग छलफल भइरहेको प्रचण्डका सचिवालयले जनाएको छ ।

    बैठकमा पार्टीको तर्फबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरु र राज्यमन्त्रीहरु छन् ।

    अध्यक्ष प्रचण्डले सरकारको कामलाई प्रभावकारी बनाउन र आफुले नेतृत्व गरेका मन्त्रालयबाट जनसेवाका कामलाई अझ बढी जनमुखी बनाउने विषयमा रिपोर्ट सुन्ने र दिशा निर्देश गरिरहेका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology