Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

आज सत्ता गठबन्धनको बैठक बस्दै

आज सत्ता गठबन्धनको बैठक बस्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १५, २०७८ शनिवार • १०:१४:३७ बजे
  • 856
    SHARES
  • आज सत्ता गठबन्धनको बैठक बस्दै

    सत्तारुढ पाँच दलीय गठबन्धनको आज बैठक बस्ने भएको छ ।

    images

    निर्धारित समयमै स्थानीय तहको निर्वाचन सम्पन्न गर्न छलफल गर्न आज विहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक बस्न लागेको हो ।

    यसअघि शुक्रबार प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीचको छलफलमा गठबन्धनको बैठक डाकी निर्वाचनको मिति तोक्ने विषयमा सहमति भएको थियो ।

    यद्यपी गठबन्धनमा आवद्ध दलहरुबीचमा आगामी निर्वाचनलाई लिएर एकमत देखिएको छैन ।

    प्रधानमन्त्री देउवा स्थानीय तहको निर्वाचन पहिले गर्ने पक्षमा रहेका छन् भने गठबन्धनका अन्य नेताहरु संघीय निर्वाचनमा जानुपर्ने तर्क गरिरहेका छन् ।

    तीन नेताहरुबीच भएको छलफलमा सरकारको कामको प्रभावकारिता र सदनमा पेश गर्ने अमेरिकी परियोजना (एमसीसी) का बारेमा पनि छलफल भएको बताइएको छ ।

    प्रधानमन्त्री देउवा एमसीसी संसदमा पेश गर्ने ‘मुड’ मा रहेका छन् भने गठबन्धनका अन्य दलहरु यसको परिमार्जनका पक्षमा रहेका छन् ।

  • सम्बन्धित विषय:

  • # गठबन्धनको बैठक बस्दै
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology