पाँच दलीय गठबन्धनको बैठक केहीबेर बसेर सकिएको छ ।
स्थानीय तहको निर्वाचनका लागि सहमति जुटाउने बसेको सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक विननिश्कर्ष सकिएको हो । साथै अर्को बैठक आजै दिउसो ४ बजे बालुवाटारमा बस्ने बताइएको छ ।
आज बिहान बसेको बैठकमा स्थानीय तहको निर्वाचन मिति तय गर्नेबारे छलफल भएको थियो । तर बैठकले कुनै निश्कर्ष निकाल्न नसकेको स्रोतको भनाइ छ ।
सत्तारुढ गठबन्धनमा स्थानीय तहको निर्वाचन बैशाखमै गर्ने वा तीनै तहको निर्वाचन एकैचोटी गर्नेगरी केही समय निर्वाचन मिति लम्ब्याउने बिषयमा मत मिल्न सकिरहेको छैन ।
खासगरी नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी केही एकवर्ष पछि स्थानीय, प्रदेश र संघको निर्वाचन एकै पटक गरौँ भन्ने पक्षमा रहेको छ ।
उता नेपाली काँग्रेस भने उक्त प्रस्तावप्रति सकारात्मक रहेको देखिदैन ।