नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले नेकपा (एमाले)को चुनाव चिह्न सूर्यमा क्रमश, ग्रहण लाग्न थालेको बताएका छन् ।
आज (शनिबार) एकीकृत समाजवादी निकट निजामति कर्मचारी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमालेप्रति यस्तो टिप्पणी गरेका हुन् ।
सम्बोधनमा अध्यक्ष नेपालले आगामी दिनमा आफूहरुको चुनाव चिह्न कलम चम्कँदै जाने र सूर्य कमजोर हुँदै जाने दावी गरेका छन् ।
उनले आफूहरुको मुख्य चुनौती एमाले नामको ‘केपी गुट’ भएको बताए ।
राष्ट्रियसभाको निर्वाचनमा एमालेले पैसाको खोलो बगाएको समेत आरोप लगाउँदै उनले भने, ‘एमालेले जति पैसा खन्याए पनि जित हाम्रै भयो,आगामी दिनमा पनि त्यस प्रवृत्तिविरुद्ध लड्न जरुरी छ ।