Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

तीनै तहको निर्वाचन फागुनमा गर्ने सहमति

तीनै तहको निर्वाचन फागुनमा गर्ने सहमति

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १५, २०७८ शनिवार • १५:३२:३९ बजे
  • 3.4K
    SHARES
  • तीनै तहको निर्वाचन फागुनमा गर्ने सहमति

    प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचन तत्काल गर्न पाँच दलीय गठबन्धनको बैठकमा प्रस्ताव राखेका छन् ।

    images

    शनिबार बालुवाटारमा बसेको सत्तारुढ पाँचदलीय गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले ऐन संशोधन नगरी तत्काल स्थानीय तहको निर्वाचन गर्ने प्रस्ताव राखेका हुन् । देउवा स्थानीय तहको निर्वाचन ऐन संशोधन नगर्ने पक्षमा पुगेका हुन् ।

    बैठकमा प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन ऐन २०७३ को संशोधन नगर्ने र निर्वाचन समयमै गर्ने प्रस्ताव राखेका हुन् ।

    स्थानीय तह निर्वाचन ऐनअनुसार आगामी जेठ ५ मा स्थानीय जनप्रतिनिधिको कार्यकाल सकिने भन्दै निर्वाचन आयोगले वैशाखभित्र निर्वाचन गर्न प्रस्ताव गरिसकेको छ ।

    यसअघि सत्तारुढ पाँच दलले संविधानसँग बाँझिएको भन्दै स्थानीय तह निर्वाचन ऐन संशोधन गर्ने र स्थानीय जनप्रतिनिधिको कार्यकाल सकिएको ६ महिनाभित्र निर्वाचन गराउने व्यवस्था गर्ने सहमति गरेका थिए ।

    शनिबार बैठकमा सहभागी नेताहरुका अनुसार तीनै तह (स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा)को निर्वाचन फागुन २०७९ मा गर्ने मोटामोटी सहमति जुटेको छ ।

    स्थानीय निर्वाचन टार्न खोजेको भन्दै चौतर्फी आलोचना भइरहेका बेला बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले समेत प्रधानमन्त्रीलाई लिखित पत्रमार्फत समयमै निर्वाचन गर्न दबाव दिएकी छन् ।

    आजको बैठकमा राष्ट्रपतिको पत्रबारे समेत छलफल भएको थियो । सो छलफलका क्रममा प्रधानमन्त्री देउवाले अब ऐन संशोधन नगरी तत्काल स्थानीय तहको निर्वाचन गर्ने प्रस्ताव राखेका थिए हुन् ।

    गठबन्धनको आजै अपरान्ह ४ बजे पुनः बैठक बस्दैछ । सो बैठकमा सत्तारुढ गठबन्धनबीच स्थानीय तहको निर्वाचनबारे सहमति जुट्ने अपेक्षा गरिएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology