Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

निर्वाचनको सामना गर्न हामी तयार छौँ : माधव नेपाल

निर्वाचनको सामना गर्न हामी तयार छौँ : माधव नेपाल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १५, २०७८ शनिवार • १६:१०:२० बजे
  • 808
    SHARES
  • निर्वाचनको सामना गर्न हामी तयार छौँ : माधव नेपाल

    नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जुनसुकै मितिमा भएपनि निर्वाचनको सामना गर्न आफुहरु तयार रहेको बताएका छन् ।

    images

    शनिबार काठमाडौंमा पार्टी निकट नेपाल निजामति कर्मचारी संगठनको राष्ट्रिय भेला एवं संगठन पुनर्गठन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले स्थानीय तहको निर्वाचनको मितिका बारेमा गठबन्धनबीच छलफल चलिरहेको भन्दै जुनसुकै मितिमा भएपनि निर्वाचनको सामना गर्न तयार रहेको बताए ।

    यसअघि स्थानीय तहको निर्वाचन तीन चरणमा भएकाले कुन मितिलाई टेकेर आगामी निर्वाचनको मिति तय गर्ने भन्ने बिषयमा छलफल चलिरहेको उनको भनाई छ ।

    नेपालले निर्वाचनसम्बन्धी जटिलतालाई हटाएर संविधान अनुसार निर्वाचन गर्न गठबन्धन दल तयार रहेको धारणा राखे । त्यस्तै उहाले बिभिन्न तत्वले गठबन्धनलाई भत्काउने प्रयास गरेपनि निर्वाचनसम्म पाँच दलीय गठबन्धन कायम हुने दावी गरे ।

    शनिबार बसेको गठबन्धन बैठकमा प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेर बहादुर देउवाले पनि गठबन्धन निर्वाचनसम्म नै अघि बढाउनुपर्छ भन्ने धारणा राखको उनले बताए ।

    कार्यक्रममा अध्यक्ष नेपालले नेकपा एकीकृत समाजवादी पार्टी बलियो हुँदै गएको बताए ।

    राष्ट्रियसभा चुनावमागठबन्धनका तर्फबाट उठेका प्रायः सबै उम्मेदवारले जित हासिल गरेको भन्दै उनले आगामी दिनमा कलम चिन्ह बलियो हुने र सूर्य चिन्ह कमजोर हुदै जाने दावी गरे ।

    त्यस्तै अध्यक्ष नेपालले पार्टीसंगै पार्टी अन्तर्गतको संगठनलाई पनि बलियो बनाउदै अघि बढ्नुपर्ने धारणा राखे ।

  • सम्बन्धित विषय:

  • # माधव नेपाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology