नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीले विपक्षीदलका विरुद्ध गठबन्धन गरी सत्ताधारीहरूले हार स्वीकार गरेको बताएका छन् ।
अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–३ धारापानीमा विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्नेहरूलाई स्वागत गर्दै रायमाझीले देश एमालेले मात्रै बनाउने दाबी गर्दै एमालेविरुद्धको गठबन्धनले जित सुनिश्चित गरेको दाबी गरेका हुन् ।
‘देश केपी शर्मा ओलीकै नेतृत्वमा बन्छ, हामी सहयोगीको भूमिकामा रहन्छौँ ।’
रायमाझीले भने, देश एमालेले नै रुपान्तरण गर्छ ।’
रायमाझीले स्थानीय युवा व्यवसायी माधव बन्जाडेसहित नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाका करिब पाँच दर्जनलाई पार्टी प्रवेश गराएका थिए ।